श्रमस्वीकृतिमा सहजता

काठमाडौं । वैदेशिक रोजगारीमा जानेका लागि कामदारको श्रम स्वीकृति अब एक घण्टामै पाइने दावी गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सबै कागजात अनलाइन सिस्टममा मिलाएर अपलोड गरेका सेवाग्राहीले एक घण्टाभित्रै श्रम स्वीकृति मोबाइल फोनमार्फत प्राप्त गर्ने व्यवस्था मिलाएको छ।

श्रममन्त्री डोलप्रसाद अर्यालले समयमा सबै डकुमेन्टहरु मिलाएर राखेमा २ मिनेट ४४ सेकेण्डमै श्रम स्वीकृति पाउने दावी गर्नुभयो ।
सफ्टवेयरको समस्याका कारण विगतमा १५ दिनजतिमा मात्रै श्रम स्वीकृति पाइने गरेको गरे पनि अहिले बढीमा एक घण्टामा श्रम स्वीकृति पाइने मन्त्रालयले दावी गरेको छ ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *