सामाजिक सुरक्षा कार्यान्वयनमा जोड

काठमाडौं । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा जोड दिएको छ ।

छैटौं सामाजिक सुरक्षा दिवस कार्यक्रम–२०८० का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सुरक्षा कोषको कार्यक्रम अनिवार्य कार्यान्वयनमा जोड दिएका हुन् । कोषले सफलता हासिल गर्नु नै सरकारको सफलता हुने बताए ।
नेपाली नागरिकलाई कोखदेखि शोकसम्मको सामाजिक सुरक्षा प्रदायक संस्थाको रुपमा कोषलाई विकास गराउन जोड दिए । त्यसका लागि सरकारले निरन्तर समन्वय गर्ने उनले प्रतिबद्धता जनाए ।

‘सबै नेपालीको सामाजिक सुरक्षा प्रदायक संस्थाका रुपमा समाजिक सुरक्षा कोषलाई विकास गराउन नेपाल सरकारबाट गर्नुपर्ने समन्वय तथा सहयोगमा कुनै कमी नहुने विश्वास दिलाउन चाहन्छु ।’ उनले भने ।

विधानमा व्यवस्था अनुसार समाजवादउन्मुख संविधान कार्यान्वयनको सबैभन्दा महत्वपूर्ण आयाम सामाजिक न्याय भएको उनले बताए ।

सामाजिक न्याय कार्यान्वयनको महत्वपूर्ण आधार सामाजिक सुरक्षा कार्यक्रम भएको प्रचण्डले बताए ।

‘यो कार्यक्रम समाजवादी राज्य स्थापनाको आकांक्षा राख्ने सम्पूर्ण जनसमुदायका निम्ति गौरवको विषय हो,’ उनले भने ।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा आयोजना गरियको ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस राजधानी लिजवन मा भव्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *