कविता संग्रह सार्वजनिक

काठमाडौ । कवि टंकमणि अधिकारीको कृत कविता सङ्ग्रह हिटलर र भाले हालै लोकार्पण भएको छ । सो अवसरमा बोल्ने वक्ताहरुले साहित्य समाजको ऐना भएको भन्दै कविताले सामाजिक यथार्थलाई उजागर गरेको बताए ।

नेपाली साहित्य संसार, नोबेल साकोस साहित्य संस्था काठमाडौ र साहित्य वाटिका नेपालको संयुक्त आयोजनामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले समाजलाई गति प्रदान गर्नेगरी कविताले भाव पोखेको बताए ।

वक्ताहरुले कविताले समाजको वास्तविक यथार्थता उजागर गरेको भन्दै आगामी दिनमा अझ सशक्त ढंगले कलम चलाउन आग्रह गरे ।

सो अवसरमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको बारेमा पनि चर्चा गरिएको थियो । देवकोटाले समाजमा अतुलनीय योगदान दिएको भन्दै जयन्तीबेला मात्र नसम्मेर सधैं स्मरण गर्नुपर्नेमा जोड दिइएको थियो ।

सो अवसरमा वरिष्ठ साहित्यकार भुवनहरि सिग्देललाई सम्मानित र पुरस्कृत गरियो थियो ।देवकोटा जयन्तीको अवसर पारेर नेसासले यसै वर्षदेखि देवकोटा जयन्ती सम्मान सुरु गरेको हो। नेसास देवकोटा सम्मान सस्थापक गंगा लिगलको अग्रसरतामा स्थापना भएको हो।

No description available.

डा रमेश सुभेच्छुकको अध्यक्षतामा भइको भएको उक्त कार्यक्रम साहित्यकार सुशीला ढकाल अधिकारीले संचालन गर्नुभयो ।

प्रा डा वासुदेव त्रिपाठी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा डा रमेशले कार्यक्रमको बारेमा चर्चा गर्दै स्वागत गर्नुभयो ।

सम्म्मानित स्रस्टा भुवनहरि सिग्देलको बारेमा कबि बलराम दाहालले प्रकाश पार्नुभयो।
टंकमणि अधिकारी बचाऔ अभियानका अभियानकर्ता साहित्यकार एम पि पाण्डेलाई पनि सोहि अबसरमा सम्मान गरिएको थियो।

लोकार्पण गरिएको कृतिको समीक्षा हरि अधिकारीले गर्नुभयो । उक्त समारोहमा पूर्वमन्त्री तथा साहित्यकार शंकर कोइराला लगायतका शुभकामना दिनुभयो ।

नोबेल साकोसका अध्यक्ष साहित्यकार सरस्वती गौतम, कार्यक्रमका संयोजक एम पि पाण्डे लगायतले कार्यक्रममा सम्बोधन गर्नु भएको थियो।

कवि कृष्णप्रसाद पौडेल, कवि गिता अर्याल, कवि भैरवी भूगोल लगायतले रचना वाचन गर्नुभयो ।
उक्त समारोहमा आयोजक संस्थाका तर्फबाट साहित्यकार राजन न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभयो ।

कृतिमा ८८ वटा गद्यशैलीका कविता समेटिएका छन् ।

डा शुभेच्छुले देवकोटा जयन्ती, देवकोटाका नाममा स्थापित नेसास लक्ष्मीप्रसाद देवकोटा सम्मान तथा पुरस्कार समर्पण र टंकमणी अधिकारीको कृति लोकार्पणले साहित्य क्षेत्रमा उत्साह थपिएको बताउनुभयो ।

डा सुभेच्छुले देशविदेशमा रहेर सघाउने व्यक्तिहरुको चर्चा गर्नुभयो ।

संस्थाका संरक्षक रमेश भट्टराई तेन्गमको साथ सहयोगबाट संस्था अगाडि बढिरहेको बताउँदै रचनावाचनमा नियमित प्रस्तोताका रुपमा सक्रिय साथीहरूको प्रशंशा गर्नुभयो ।

आजको युगका देवकोटालाई साक्षी राखेर हिजोका युगका देवकोटाको स्मरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ थियो ।

वरिष्ठ साहित्यकार प्रा.डा. वासुदेव त्रिपाठीले आफ्नो सयमका विशिष्ट कवि–महाकविलाई महाकवि सिग्देललाई देवकोटाको नामको पुरस्कार दिन पाउँदा खुसी लागेको बताउँदै भुवनहरि सिग्देलको कवि प्रतिभाको चर्चा गर्नुभयो ।

टंकमणी अधिकारीका कविता कृतिका केही उदाहरण लिँदै कविता कलाको प्रशंसा गर्नुभयो ।

सम्मानित प्रतिभा भुवनहरि सिग्देलले सम्मानले लेख्ने हौसला मिलेको बताउनुभयो ।

‘मेरा जीवनमा अरु विभिन्न नामका पुरस्कार भन्दा यो यो देवकोटाका नामको पुरस्कारले विशेष अर्थ राख्न सक्छ । म यसबाट अभिप्रेरित बनी अगाडि बढ्नेछु ।’ उहाँले भन्नुभयो ।

कार्यक्रममा कृष्णप्रसाद पौडेलले देवकोटाको मुनामदनबाट काव्यांश वाचन गर्नुभएको थियो । । कार्यक्रममा भावना घिमिरे र उर्मिला पन्त पाण्डेयलाई नेसासको आजीवन सदस्यता प्रदान गरिएको थियो ।

पाण्डेले अभियान सञ्चालन गरी अधिकारीको उपचार खर्च जुटाउन सघाएका थिए ।
कार्यक्रममा सुशीला अधिकारी, भैरवी भुगोल, गीता अर्याल, विमला चन्द सानोले विमोचित कृतिबाट कविता वाचन गर्नुभयो ।

कवि पिपलमणि सिग्देलले आफ्नो कविता वाचन गर्नुभयो ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *