पोर्चुगल । पोर्चुगलमा न्यूनतम पारिश्रमिक प्राप्त गर्ने कामदारहरू कम छन् । यहाँका रोजगारदाताले राम्रो पारिश्रमिक तथा सेवा सुविधा दिने गरेका छन् ।
राष्ट्रिय न्यूनतम पारिश्रमिक वर्षेनी बढ्दै गए पनि समग्र श्रम बजारमा त्यो पाउने श्रमिकको हिस्सा घट्दै गएको देखिएको छ ।
यस वर्ष न्यूनतम पारिश्रमिक प्राप्तकर्ता २०१५ यताकै न्यून छन् । पोर्चुगलका श्रम मन्त्रीका अनुसार ठटण् यूरो कमाउने श्रमिक निकै कम रहेको बताए ।
हामीले पोर्चुगलमा कामदारहरूको कुल संख्यामध्ये न्यूनतम ज्याला श्रमिकको संख्यालाई घटाउन सफल भएका छौं, यो वर्ष २०१५ यताकै न्यून तौलमा पुगेको छ,ू मन्त्रीले भने ।
२०२४ जनवरीदेखि डद्दण् यूरो पुगेको छ । यहाँको धेरैजसो श्रमिकले १ हजार आसपासमा आम्दानी गर्छन् । सरकारले बढाएको न्यूनतम पारिश्रमिक पनि उच्च रहेको सरकारी अधिकारी बताउँछन् ।
सन् २०२२ मा २४.३ प्रतिशत श्रमिकले राष्ट्रिय न्यूनतम पारिश्रमिक पाएका थिए । जबकि अहिले त्यस्तो न्यूनतम मात्रै पाउनेको संख्या २०.८ प्रतिशत श्रमिक छन् । इकोको प्रतिवेदनले यस्तो देखाएको जनाइएको छ ।
यसले पोर्तुगाली मानिसहरूको औसत तलब बढाउने प्रयासलाई पनि प्रतिबिम्बित गरेको छ । आगामी वर्ष निजी क्षेत्रको तलब वृद्धिको बेन्चमार्क ५ प्रतिशत हुने सरकारी अधिकारीले बताए ।
जागिर परिवर्तन गर्ने योग्य युवाहरूले १९ प्रतिशत तलब प्रिमियम प्राप्त गरिरहेको पनि ती मन्त्रीले जानकारी दिइन् ।