यस्तो छ एनआरएनएको निर्वाचन कार्यतालिका

पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आउँदो महिनामा निर्वाचन हुने भएको छ । अक्टुबर १९ मा नयां नेतृत्वको लागि मतदान हुने निर्वानच तालिका सार्वजनिक भएको छ ।

मतदान समय १९ तारिख बिहान १० देखी ६ बजे सम्म काठमाण्डौंस्थित सोल्टि होटलमा हुने तय भएको छ । अनलाइन मार्फत पनि मतदान हुनेछ । १९ तारिख विहान १२ बजे देखि साँझ ८ बजेसम्म हुने उल्लेख छ ।

निर्वाचन समितिका अनुसार २० सेप्टेम्बरका दिन मतदाताको पहिलो नामावली प्रकाशन हुने छ । मतदाताको अन्तिम नामावली २६ सेप्टेम्बरमा प्रकाशन गर्ने कार्यतालिका तय भएको छ ।

उम्मेदवारको मनोनयन पत्र दर्ता १२ देखी १४ तारिखभित्र हुनेछ ।
अनलाइन मार्फत उम्मेदवारी दर्ता गर्न पाइने भए पनि उम्मेदवार र प्रस्तावक हस्ताक्षर सानखत गर्न अनिवार्य भौतिक रुपमा निर्वाचन कार्यालयमा उपस्थित हुनु पर्ने बनाइएको छ ।

अनलाइन मार्फत दर्ता गरेका उम्मेदवारहरुले १६ तारिख ५ बजे सम्म भौतिक रुपमा निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नुपर्ने तय भएको छ ।

भौतिक रुपमा उम्मेदवारी दर्ता गर्न चाहने उम्मेदवारले अक्टोवर १५ र १६ तारिख दिउंसो १ बजे सम्म उम्मेदवारी दर्ता गर्नुपर्छ ।

उम्मेदवारको अन्तिम नामावली अक्टोवर १७ तारिखमा प्रकाशन हुने छ ।

 

 

सेयर गर्नुहोस्