काठमाडौं । पाकिस्तानले सानदार बलिङ सुरुआत गरेको छ । पाकिस्तानले भारतविरुद्ध १० ओभरको समाप्तीमा ४८ रन खर्चिएर ३ विकेट लिएको छ ।
पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले दुई तथा हरिस रउफले एक विकेट लिए ।
भारतका कप्तान रोहित शर्मा, विराट कोहली र श्रेयस अय्यर आउट भइसकेका छन् । पाँचौं ओभरको अन्तिम बलमा कप्तान रोहित शर्मा ११ रनमा शाहिनबाट बोल्ड आउट भए ।
कोहली सातौं ओभरको तेस्रो बलमा चार रनमा शाहिनबाट बोल्ड आउट भए भने अय्यर दशौं ओभरको पाँचौ बलमा १४ रनमा हरिस रौफको बलमा फखर जमामबाट क्याच आउट भए ।
क्रिजमा शुभमन गिल र इशान किशन छन् ।