ग्यासको मूल्य एकैचोटी २३५ ले बढ्यो

काठमाडौं । पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको दावी गरेको छ ।

निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ३ रुपैयाँले वृद्धि भएको छ। तर, ग्यासको मूल्य भने भारी वृद्धि भएको छ । निगमले एकैचोटी २३५ रुपैयाँले ग्यासको मूल्य बढाएको छ ।

एनओसीले बिहीबार नयाँ मूल्यसूची पठाउँदै पेट्रोलमा ३।१७ रुपैयाँ र डिजेलमा २।४८ रुपैयाँ र ग्यासमा १८६।४५ रुपैयाँ वृद्धि गरेको थियो। आज राति १२ बजेपछि मूल्यवृद्धि हुने गरी नयाँ मूल्य सार्वजिनक गरिएको निगमले जनाएको छ।

अब पेट्रोलको मूल्य १८२ रुपैयाँ, डिजेलको १७० रुपैयाँ पुगेको छ। त्यस्तै ग्यासको मूल्य वृद्धि भएर १ हजार ८ सय ९५ रुपैयाँ पुग्यो ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *