पूर्वमन्त्री जोशीसँग बयान

काठमाडौं । पूर्व भूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग बयान लिइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बालुवाटार स्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा जोशीसँग बयान लिएको हो ।

गृह मन्त्रालय मातहत बालुवाटारको जग्गा संरक्षण गर्ने जिम्मा पाएको समरजंग कम्पनीको नाममा रहेको दर्ता सच्याएर ‘पशुपति टिकिन्छा गुठीको नाममा दर्ता गर्न स्वीकृत दिने’ निर्णय भएको पाइए पछि उनलाई बयान लिइएको हो ।

२०६९ भूमि मन्त्री हुँदा ‘पशुपति टिकिन्छा गुठी’को नाममा जग्गा दर्ता गर्ने निर्णय गरेका थिए । उनले ‘टिप्पणी सदर गरेर मन्त्रिपरिषद्मा प्रस्ताव लगेको’ आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

पशुपति टिकिन्छा गुठी खडा गर्दा ४ रोपनी १४ आना ३ पैसा २ दाम जग्गा हिनामिना भएको उल्लेख गरिएको छ ।

जोशीविरुद्ध अदालतले पक्राउ पुर्जी जारी भए पनि अनुसन्धान अधिकृतले थुनामा राखेका थिएनन् ।  सामाजिक समितिमा छलफल गरी पेश गर्ने निर्णय भएको थियो । समितिले छलफल गरेर प्रस्तावमा लगेपछि २०६९ असोज १८ को मन्त्रिपरिषद्ले उक्त निर्णय सदर गरेको थियो ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *