पोर्चुगल । पोर्चुगलको ओदिसेस साउमिगेलमा भीषण आगलागी भएको छ । आगलागीबाट धेरै मानिसहरु प्रभावित भएका छन् । आगलागीबाट नेपालीहरु समेत प्रभावित भएका छन् ।
आगो कसरी लाग्यो भन्ने कारण खुल्न सकेको छैन । तर, साउमिलेगेल क्षेत्र वरीपरीका जंगलमा आगो लागेर बस्तीमा त्रास फैलिएको छ । रातीदेखि आगलागी भएकोमा अझै नियन्त्रणमा आउन नसकेको सथानीयहरु बताउँछन् ।
नेपाली समुदायहरु रोइकराइ गरेका छन् । बचाउनका लागि हारगुहार गरेका छन् । रातीदेखि त्यहाँको अवस्था जोखिमपूर्ण रहेको देखिन्छ । आफ्ना सामान लगेर सुरक्षित स्थानमा गएका छन् ।
त्यहाँ रहेका रामु शमर्माका अनुसार घर छोडेर सुरक्षित स्थल गएका छन् । आगलागी पीडितहरुलाई इन्डियन समाजले खाना खुवाएको छ । नेपाली समुदाय, गैरआवासीय नेपाली संघका पदाधिकारी उपस्थिति हुन नसकेकोमा रोष प्रकट गरेका छन् ।
आगालागीका कारण पोर्चुगलमा गर्मीको महसुस भएको छ ।