समाजवादी देशबाटै कोल्याप्स हुन्छः बास्कोटा

सिन्धुपाल्चोक । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले एकीकृत समाजवादीको अस्तित्व अब सकिँदै गएको दावी गरेका छन् ।

नेपाल कम्युष्ट पार्टी एमाले जिल्ला कमिटी सिन्धुपाल्चोकको आयोजनामा चौतारामा भएको कार्यक्रममा बोल्दै बास्कोटाले समाजवादीको पसल धेरै दिन नचल्ने बताए । समाजवादीलाई देशबाटै कोल्याप्स बनाइदिने उनले उद्घोष गरे ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं सिन्धुपाल्चोक इन्चार्ज सुवास कर्माचार्य सहितका नेता कार्यकर्ताहरूलाई एमालेमा भित्र्याउँदै उनले जुका जस्तै अरू पार्टीसँग टाँसिएर बस्ने पार्टीहरूको औचित्य सकिदैँ गएको बताए ।

समाजवादी मात्रै नभएर माओवादी पनि क्रमशः कोल्याप्स हुँदै जाने उनले दावी गरे ।

बास्कोटाले अब त्यो धारमा बसिरहेका समाजवादीका अन्य नेता कार्यकर्ताहरूलाई पनि एमालेमा फर्कन आग्रह गरे ।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा राजधानी लिजवन आयोजीत ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस भव्य तथा सभ्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *