काठमाडौँ। गत बर्ष २०७९ साउन ११ गते चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षको पदभार ग्रहण गर्नुभएका भुवन केसीले सफल एक बर्ष कार्यकाल पुरा गर्नुभएको छ । दुई बर्षको लागि पदभार ग्रहण गरेसँगै आएका विभिन्न उतारचढावहरूलाई पन्छाउँदै केसीले सुखद एक वर्ष पूरा गरेका छन् ।
अध्यक्ष केसीले आफ्नो एक बर्ष बोर्डको इतिहासमा सुनौलो बर्ष रहेको प्रतिक्रिया दिए । उनले लामो समयदेखि जड बनेर बसेका विभिन्न समस्याहरूको पहिचान देखि निर्णय हुन नसकेर थन्किएका थुप्रै योजनाका फाईलहरू खुलेको र कतिपय सरकारबाट निर्णय समेत गराउन सफल रहेको बताए ।
बोर्डको अध्यक्षको हैसियतमा बसेपछि गत एक बर्षमा चलचित्र क्षेत्रको बारेमा धेरै कुरा सिक्ने र बुझ्ने अवसर प्राप्त गरेको छु । नेपाली चलचित्रको लागि गर्नुपर्ने के रहेछ भन्ने कुराको यकिन भईसकेको छ । बाँकी एक बर्षमा मैले नेपाली चलचित्रको उत्थान र प्रवर्धन हुने थुप्रै कामहरू गर्ने योजनामा छु केसीले भने ।
अध्यक्ष केसीले अहिले मन्त्रिपरिषद् र तालुक मन्त्रालयबाट अत्यन्तै गहन सहकार्य प्राप्त गरेको बताए । केसीले भने, मलाई सञ्चार तथा सूचना प्रविधि मन्त्री र नेपाल सरकारबाट अत्यन्तै सौहार्दपूर्ण सहयोग प्राप्त भईरहेको छ । लामो समयदेखि अड्किएर रहेका फाईलहरूलाई पुनः खुला गरी निर्णय हुनबाट बन्चित नेपाली चलचित्रका हितमा हुने निर्णयहरू पनि भइरहेका छन् ।
मैले वर्तमान मन्त्रिपरिषदबाट नै मस्यौदा तयार भएको राष्ट्रिय चलचित्र नीति¸ २०७१ुको समयसापेक्ष परिमार्जन राष्ट्रिय चलचित्र नीति¸ २०८०ु को पारित हुनेमा विश्वस्त छु । साथै, चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेकको मस्यौदा तयार भई मन्त्रालय पेश भएको छ । यसको पनि निर्णय मेरै कार्यकालमा आउनेछ ।
चलचित्र विकास बोर्डमा भुवन केसीले कार्यकारी अध्यक्षको पदबहाली गरेपश्चात निम्म उपलब्धीहरू हाँसिल भएका छन्:
- चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेकको मस्यौदा तयार भई मन्त्रालय पेश भएको छ ।
- राष्ट्रिय चलचित्र नीति¸ २०७१ लाई समयसापेक्ष परिमार्जन गरि राष्ट्रिय चलचित्र नीति¸ २०८० को मस्यौदा तयार भएको छ ।
- मिति २०८०/३/२६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण आयोजनाको लागि काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं.१० र १३ अन्तर्गत रहेको बाहुँनडाँडा सामुदायिक वनको कुल जम्मा २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति प्राप्त भएको छ ।
- नीजि क्षेत्रको सहभागितामा संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईमा नेपाली फिल्म फेस्टा कार्यक्रम सम्पन्न भएको छ ।
- नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनका लागि आकर्षक स्थलको रुपमा विकास गर्न गण्डकी प्रदेशका उत्कृष्ट लोकेशनहरु छानेर वृत्तचित्र निर्माण गरि प्रचार प्रसार शुरु गरिएको छ ।
- एक सय जना नेपाली महिला चलचित्रकर्मीहरुको अभिलेख राख्ने कार्यका लागि विवरण सङ्कलन भएको छ ।
- चलचित्र तथा चलचित्रजन्य वस्तुको पाइरेसी नियन्त्रण तथा सामाजिक सञ्जालमा हुने अनाधिकृत गतिविधि नियन्त्रण गर्ने विषयमा सरोकारवाला निकायसँग सहकार्य गरि अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको छ । चलचित्र तथा चलचित्रजन्य वस्तुको पाईरेसी नियन्त्रण सम्बन्धी सूचनामूलक सामाग्री तयार भई चलचित्रघरहरु मार्फत प्रचार प्रसार शुरु गरिएको छ ।
- दोलखा चलचित्र नगरी निर्माण आयोजनालाई सार्वजानिक नीजि साझेदारी अवधारणामा अगाडि बढाउन सार्वजनिक नीजि साझेदारीको मोडालिटी तयार भएको छ ।
- नेपाली मौलिक कथाहरु संग्रह गरी उत्कृष्ट चलचित्र निर्माणमा प्रोत्साहनका ६ वटा कथानक र ६ वटा लघु चलचित्र छनौट भएका छन् ।
- नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लघु चलचित्र प्रतियोगिता गराई उत्कृष्ट तीन वटा चलचित्रलाई पुरस्कृत गरिएको छ ।
- राष्ट्र प्रमुखबाट प्रदान गरिने राष्ट्रिय पुरस्कार विशेष चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान कार्यक्रम आयोजनाका लागि चलचित्रहरुको मूल्याङ्कन कार्य सम्पन्न भई बोर्डमा नतिजा पेश भएको छ ।
- कोशी प्रदेशको ईलाम, पाँचथर र ताप्लेजुङ तथा गण्डकी प्रदेशका बाग्लुङ¸ लमजुङ¸ गोर्खा र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा चलचित्रघरहरु नभएका स्थानमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता कार्यक्रम सञ्चालन गरिएको छ ।
- चलचित्र साक्षरता अभिवृद्धि, दक्ष चलचित्रकर्मी उत्पादन एवम् बालबालिकालाई पनि आफ्ना कथा भन्ने र हेर्ने वातावरण तयार गर्न बाल चलचित्र निर्माणका लागि प्रशिक्षण/तालिम प्रदान गरिएको छ । चलचित्र साक्षरता अभिवृद्धि गर्न सातै प्रदेशमा बाल चलचित्र निर्माण प्रशिक्षण तालिम प्रदान गरिएको । दाङको घोराहीमा प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गरिएको छ ।
- चलचित्रकर्मीहरुको दक्षता अभिवृद्दिका लागि चलचित्र पटकथा लेखन¸ चलचित्र निर्देशन तथा चलचित्र छायाङ्कन कार्यशाला सम्पन्न गरिएको । साथै, सरोकारवाला १० वटा संघ संस्थाहरुसंग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, अवार्ड, कार्यशाला तथा तालिम कार्यक्रममा सहकार्य गरिएको छ ।
- आदिवासी, जनजाती, मैथली, मधेसी, भोजपुरी, अवधि, थारु लगायत विभिन्न भाषा संस्कृतिमा बन्ने चलचित्रहरुको विकास, विस्तार र प्रवर्धनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न आदिवासी जनजाती मातृभाषी चलचित्र महासंघ अन्तर्गतका १५ वटा जातिय संस्थासँग सहकार्य भई कार्यक्रम सम्पन्न भएका छन् ।
- संसारकै उत्कृष्ट चलचित्र महोत्सवमध्ये एक कान्स ईन्टरनेशनल फिल्म फेस्टिभलमा बोर्डको समन्वयमा अविनाश विक्रम शाह निर्देशित लघु चलचित्रहरू “लोरी” र “भुन्टे“ प्रदर्शनीको लागि पठाईएको छ ।
- चलचित्र सम्बन्धी विषय अध्ययनका लागि विभिन्न विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा स्नातक तहमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई जनही रु. ५० हजार र विद्यावारिधि तर्फ एक जनालाई रु. ५० हजार छात्रवृत्ति प्रदान गरिएको छ ।
चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष भुवन केसीका आगामी एक बर्षको लागि तय भएका कार्यक्रमहरू
- काभ्रेको बनेपामा अत्याधुनिक सुविधा सम्पन्न इन्डोर चलचित्र छायाङ्कन स्टुडियो निर्माण गर्ने ।
- नेपाल चलचित्र दिवसबारे महत्वपूर्ण निर्णय गरी पुनः कार्यान्वयनमा ल्याउने ।
- चलचित्र विकास बोर्डको भवनमा पोष्ट प्रोडक्सन ल्याब तयार गरी सञ्चालन गर्ने ।
- मौलिक चलचित्रको प्रवर्धनको लागि ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, घटना, पात्र, सामाजिक जागरण एवं कलात्मक चलचित्र निर्माण र विश्वव्यापी प्रदर्शनमा अघि बढ्ने । साथै, गैर सरकारी तथा नीजिक्षेत्रको सहकार्यमा सामाजिक जागरणका तीनवटा लघु चलचित्र निर्माण गरी लक्षित समुदायमा प्रदर्शन गर्ने ।
- मोफसलमा निर्माण हुने मौलिक एवम् सन्देशमूलक तीन वटा चलचित्र (प्रदेशगत रुपमा) छनौट गरी पोष्ट प्रोडक्सन तथा प्रदर्शनमा प्रोत्साहन अनुदान दिने ।
- राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र पुरस्कार तथा दीर्घ साधना सम्मानलाई थप परिस्कृत र समयसापेक्ष बनाउने ।
- नेपाली चलचित्रको प्रवर्धन गर्न सार्वजनिक/नीजि क्षेत्रको सहकार्यमा नेपाली बाहुल्यता रहेको कुनै एक देशमा नेपाल सिनेमा मिट कार्यक्रम आयोजना गर्ने ।
- बोर्डबाट चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धिका लागि सम्पादन, मेकअप र अभिनय लगायतका विषयमा कार्यशालाहरू आयोजना गर्ने ।
- महिला चलचित्रकर्मीहरुको सशक्तिकरणका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्ने । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाली चलचित्र क्षेत्रमा पुर्याएको योगदानका आधारमा महिला चलचित्रकर्मीलाई पुरस्कृत र सम्मानित गर्ने । साथै, संविधान दिवसको अवसरमा सामाजिक/शासकिय रुपान्तरणमा योगदान पुर्याएका चलचित्रकर्मी पहिचान गरी सम्मान एवम् पुरस्कृत गर्ने ।
- नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनका लागि आकर्षकस्थलको रुपमा विकास गर्न थप दुई प्रदेशमा रहेका उत्कृष्ट छायाङ्कनस्थलको बारेमा प्रवर्धनात्मक सामाग्री निर्माण गरी प्रचार-प्रसार गर्ने ।
- योग्यता पुगेका चलचित्रकर्मीलाई राष्ट्रिय चलचित्रकर्मी परिचयपत्र वितरण गर्ने तथा परिचयपत्र प्राप्त चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने ।
- विदेशमा नियमित बक्स अफिस मार्फत स्वदेशी चलचित्र प्रदर्शन तथा चलचित्रको बजार विस्तारका लागि कार्य गर्ने चलचित्र वितरकलाई प्रदर्शन हुने नेपाली चलचित्रको सबटाईटल र ईन्कोडिङका लागि आर्थिक सहयोग गर्ने । साथै, नेपालको मौलिक कला संस्कृति झल्कने विशेष चलचित्रहरुको छनौट गरी पुरस्कृत गर्ने, अन्तर्राष्ट्रियस्तरमा प्रदर्शनको लागि प्रोत्साहन गर्ने, सबटाइटल तथा इन्कोडिङ गर्न आर्थिक सहयोग गर्ने ।
- चलचित्रसँग सम्बन्धित सङ्घ संस्थाहरुले आयोजना गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, अवार्ड, कार्यशाला तथा तालिम कार्यक्रममा फलदायी रूपमा सहकार्य गर्ने ।
- चलचित्र एक्स्पो आयोजना गर्ने ।
- नेपालका कुनै दुई प्रदेशमा चलचित्र पर्यटन महोत्सव आयोजना गर्ने ।
- नेपाली चलचित्रसँग सम्बन्धित सामाजिक सन्देश एवम् सूचनामूलक श्रव्यदृश्य सामाग्री तयार गरी प्रचार प्रसार गर्ने ।
- नेपाली चलचित्रको अन्तराष्ट्रियस्तरमा विकास, विस्तार, प्रवर्धन र बजारीकरणका लागि चलचित्रको बाहुल्यता रहेको सम्भावित कुनै दुई देश छनौट गरी अन्तर्क्रिया र बजार अध्ययन, छायाङ्कनस्थल प्रचार प्रसार तथा चलचित्र सम्बन्धी गतिविधिको अवलोकन भ्रमण गर्ने ।
- आदिवासी, जनजाति, मातृभाषा संस्कृतिमा बन्ने चलचित्रहरुको विकास, विस्तार र प्रवर्धनमा सहयोग पुग्ने कार्यक्रमहरू सञ्चालन गर्ने ।
- स्वदेशी चलचित्रको प्रवर्धन विकासका लागि अन्तर्राष्ट्रियस्तरमा आयोजना हुने कार्यशाला, महोत्सव, सेमिनार, एक्स्पो, अध्ययन अगायतका कार्यक्रममा बोर्ड र चलचित्रकर्मीहरुको सहभागिता गराउने ।
- चलचित्र सम्बन्धी विषय अध्ययनका लागि छात्रवृत्ति एवं शोधवृत्ति प्रदान गर्ने।
- चलचित्रघर नभएका तर बाक्लो जनसंख्या रहेका जिल्लाहरुमा घुम्ती सिनेमा मार्फत शैक्षिक संस्थाहरुमा समेत गरी चलचित्रकर्मीहरुको सहभागितामा सिनेमा साक्षरता कार्यक्रमलाई थप प्रभावकारी बनाउने ।
- मौलिक चलचित्र निर्माणमा प्रोत्साहनका लागि सञ्चालित स्टोरी बैङ्क लाई अझै प्रभावकारी बनाउने ।