मोदीले दाहाललाई टेलिफोन गरेर के भने ?

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी सहकार्य गर्न आह्वान गरेका छन् ।

दुई समकक्षी प्रधानमन्त्रीबीच द्विपक्षीय हितको विषयमा छलफल भयो । उनीहरूले नेपाल भारतबीच हुँदै आएका सहयोगका समीक्षा गरे ।

प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमणमा भएका सम्झौताका विषयमा पनि छलफल भयो । मोदीले सम्झौता कार्यान्वयनमा चासो राखो ।

द्विपक्षीय साझेदारीलाई अगाडि बढाउन र दुई देशबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने छलफल गरे ।

मोदीले नेपाललाई निकट र मित्रवत छिमेकी नेपाल भारतको छिमेक पहिलो नीतिको प्रमुख साझेदार रहेको उद्घोष गरे ।

मोदीको सचिवालयले दुई देशबीचको उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिएको जनाएको छ ।

सेयर गर्नुहोस्