पोर्चुगल ।
पोर्चुगलमा तपाइ घर किन्न खोज्दै हुनुहुन्छ ? आफूसँग भएको पैसा घरजग्गामा लगाउने सोच्नुभएको छ भने तपाईलाई यस सामग्रीले पोर्चुगलमा कति मूल्यको कुन शहरमा घर पाइन्छ भन्ने जानकारी पाउन सक्नुहुन्छ ।
पछिल्लो समयमा नेपालीहरु पोर्चुगलमा घर किन्न थालेका छन् । यहाँ व्यवसाय गरी कमाउने पनि बढ्दै छन् । युरोपका अन्य देशमा कमाएर पोर्चुगल आएकाहरु पनि घर किन्न चाहन्छन् ।
डेढ लाख युरो हुनेले पोर्चुगलमा सजिलै घर किन्न सक्छन् । आफूसँग नगद थोरै भए पनि बैंकबाट ऋण लिएर घर किन्ने अवसर पनि पाइन्छ । बैंकहरुले घरजग्गामा सजिलै लगानी गर्छन् । व्यापार व्यवसाय तथा आइडियाहरुमा लगानी गर्न बैंकहरु हिच्किचाउँदैनन् ।
त्यसो तः पछिल्लो समय विश्व नै आर्थिक संकटको चपेटामा छ । पोर्चुगलमा पनि पहिलाजस्तो आर्थिक क्रियाकलाप हुन सकेका छैनन् । आर्थिक संकटका कारण पोर्चुगलमा सस्तो घर लिन चाहनेको संख्या बढ्दो छ । क्रयशक्तिको दबाब र घर ऋणको बढ्दो ब्याजदरले उनीहरु सस्तो मूल्यमै घर किन्न चाहन्छन् ।
केही नगद रकम र केही बैंककाट ऋण लिएर घर किन्न खोज्नेहरु बढ्दै गएका छन् । एक अध्ययनले देखाए अनुसार एक लाख ५० हजार युरोसम्मको घर किन्नेको संख्या अधिक छ ।
आइडिलिस्टाको अध्ययनले पोर्चुगलका मुख्य सहरहरूमा मूल्य दायरा अनुसार बिक्रीका लागि घरहरूको मागलाई विश्लेषण गरेको थियो । बैंकबाट कम पूँजी ऋण लिएर सस्तो घर किन्न खोजेका छन् । पछिल्लो समयमा नेपालीहरु पनि यहाँ घर किनेर बस्ने क्रम बढ्न थालेको छ ।
पोर्चुगलका अधिकांश जिल्ला क्यापिटलहरूमा सबैभन्दा धेरै खोजिन्छन् । तर त्यो मूल्यमा घरहरु पाउन मुश्किल पर्छ । लिस्बन बाहेकका धेरै शहरहरूमा माग अनुरुप घर पाउन सकिन्छ ।
लिस्बन, प्रोटो र फारोमा घरको मूल्य अधिक छ । ५ लाख भन्दा बढी नै पर्ने घरहरु यी शहरमा धेरै छन् । डेढ लाखमै पाउने घरहरु यहाँ २ प्रतिशत भन्दा पनि कम रहेको देखिएको छ ।
आइडिलिस्टा अध्ययनले विश्लेषण गरिएको २० जिल्लाको सदरमूकाममा डेड लाख युरोसम्म बिक्री हुने घरहरूको उच्च माग छ तर, धेरै शहरमा यस्तो घर पाउन मुश्किल देखिएको छ ।
यसबाहेक १३ वटा शहरमा बिक्रीका लागि प्रत्येक पाँच घरमा एक घर डेढ लाखसम्मको पाइन्छ । यो लिस्बन, र्पोटो, फारो र फन्चलमा छ । जहाँ बिक्रीको लागि कम सस्तो घरहरू छन् ।
बेजा, ब्रागान्का, कास्टेलो ब्रान्को, गार्डा र पोर्टालेग्रे सहरमा डेड लाख यूरो सम्मको घर पाइन्छ ।
कति हो त औसत मूल्य ?
पोर्चुगलका २० ठूला शहरमध्ये ८ वटा शहरमा डेढ लाखदेखि ३ लाखयुरोसम्मका घर पाइन्छन् । ब्रांगा, कोइम्ब्रा, इभोरा, लेइरिया, सान्तारेम, वियाना डो कास्टेलो, भिला रियल र भिसेउमा यो मूल्यमा सजिलै घर पाइन्छ ।
एभेइरो, बेजा, कास्टेलो, ब्रांको, पोन्टा, डेल्गाडा, प्रोटो, सेतुबहालमा पनि ३ लाखसम्मका घरहरु पाउन सकिन्छ ।
२० शहरमध्ये १६ घरमा एक तिहाइ घरहरु डेढ लाखदेखि ३ लाखसम्मका घरहरु पाइन्छन् । लिस्बन र फारोबाहेकका शहरमा ३ लाखसम्मका आकर्षक घर पाइने देखिएको छ ।
लिस्बन, फारो र फञ्चलमा ३ लाखदेखि साढे चारलाखसम्मका घर पाइने अध्ययनले देखाएको छ ।