बढ्दै रमिट्यान्स, ११ महिनामा ११ खर्ब १२ अर्ब ५२ करोड

काठमाडौं । वैदेशिक रोजगारको लहरसँगै रेमिट्यान्स पनि बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ ।

राष्ट्र बैंकका अनुसार जेठसम्म ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान बढ्दै गएको छ । कुनै समय २९ प्रतिशत पुगेको रेमिट्यान्सको हिस्सा लामो समयदेखि २५ प्रतिशत आसपासमा छ ।

वर्षेनी रेमिट्यान्स बढिरहेको छ । विदेश जानेको संख्या पनि बढेकै छ ।

आव २०७८र७९ मा १० खर्ब ७ अर्ब, आव २०७७र७८ मा ९ खर्ब ६१ अर्ब, आव २०७६र७७ मा ८ खर्ब ७५ अर्ब, आव २०७५र७६ मा ८ खर्ब ७९ अर्ब र
आव २०७४र७५ मा ७ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो ।

वैशाखमा १ खर्ब १ अर्ब ७९ करोड र जेठमा १ खर्ब ७ अर्ब ३४ करोड रुपैयाँ, चैतमा १ खर्ब ९ अर्ब ७ करोड, फागुनमा १ खर्ब ४ अर्ब ४४ करोड, माघमा १ खर्ब ४ अर्ब ८० करोड, पुसमा १ खर्ब ४ अर्ब ३८ करोड, मंसिरमा १ खर्ब २ अर्ब ६६ करोड,कात्तिकमा ९६ अर्ब ९९ करोड, असोजमा ९४ अर्ब १ करोड, भदौमा ९४ अर्ब ८३ करोड र साउनमा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको थियो ।

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *