काठमाडौं । वैदेशिक रोजगारको लहरसँगै रेमिट्यान्स पनि बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा रेमिट्यान्स आप्रवाहमा नयाँ रेकर्ड कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार जेठसम्म ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । कुल ग्राहस्थ उत्पादनमा रेमिट्यान्सको योगदान बढ्दै गएको छ । कुनै समय २९ प्रतिशत पुगेको रेमिट्यान्सको हिस्सा लामो समयदेखि २५ प्रतिशत आसपासमा छ ।
वर्षेनी रेमिट्यान्स बढिरहेको छ । विदेश जानेको संख्या पनि बढेकै छ ।
आव २०७८र७९ मा १० खर्ब ७ अर्ब, आव २०७७र७८ मा ९ खर्ब ६१ अर्ब, आव २०७६र७७ मा ८ खर्ब ७५ अर्ब, आव २०७५र७६ मा ८ खर्ब ७९ अर्ब र
आव २०७४र७५ मा ७ खर्ब ७६ अर्ब रुपैयाँ रेमिट्यान्स आप्रवाह भएको थियो ।
वैशाखमा १ खर्ब १ अर्ब ७९ करोड र जेठमा १ खर्ब ७ अर्ब ३४ करोड रुपैयाँ, चैतमा १ खर्ब ९ अर्ब ७ करोड, फागुनमा १ खर्ब ४ अर्ब ४४ करोड, माघमा १ खर्ब ४ अर्ब ८० करोड, पुसमा १ खर्ब ४ अर्ब ३८ करोड, मंसिरमा १ खर्ब २ अर्ब ६६ करोड,कात्तिकमा ९६ अर्ब ९९ करोड, असोजमा ९४ अर्ब १ करोड, भदौमा ९४ अर्ब ८३ करोड र साउनमा ९२ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको थियो ।