पोर्चुगलमा बढ्दै बेरोजगारी दर

पोर्चुगल । पोर्चुगलमा बेरोजगारी दर बढेको छ । आर्थिक चलायमान हुन नसक्दा बेरोजगारीको संख्या बढ्दै गएको हो । तीन महिनाअघि ० जशमलव ५ प्रतिशत र एक वर्ष अघिको तुलनामा १.५ प्रतिशत बेरोजगारी बढेको छ ।

राष्ट्रिय तथ्यांक संस्थान (आईएनई) ले सार्वजनिक गरेको तथ्यांक अनुसार समग्रमा ०.४ प्रतिशतले बेरोजगारी बढेको छ ।

बेरोजगार जनसंख्या मेको तुलनामा ० दशमलव ७ प्रतिशत र तीन महिना अघिको तुलनामा ६.५ प्रतिशत घटेर ३ लाख ३६ हजार ५ सय पुगेको हो । यद्यपि, २०२२ को सोही महिनाको तुलनामा लगभग ८.५५ ले बढेको छ ।

जुन महिनामा देशमा ३ लाख ३६ हजार ५ सय व्यक्ति बेरोजगार थिए । यो वर्षको पछिल्ला महिनाहरु अर्थतन्त्रमा उत्साह नआउँदा बेरोजगार बढेको हो ।

सेयर गर्नुहोस्