सुन प्रकरण : उच्चस्तरीय छानबिन समिति बनाउन ध्यानाकर्षण

काठमाडौं । १०० किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।

आइतबार बसेको सार्वजनिक लेखा समितिको बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर बाहिरिएको १०० किलो सुन प्रकरणको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्न माग गरेको हो ।

जेष्ठ नागरिक अर्जुननरसिंह केसीले १०० किलो सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न ध्यानाकर्षण गराए । एमाले सांसद योगेश भट्टराईले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउनुपर्ने जोड दिए ।

भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि समेत छानबिन गर्नुपर्ने उनको जोड थियो । उनीहरूमाथि प्रहरीले अनुसन्धान गर्न नसक्ने भन्दै उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताए ।

सत्तारुढ दलका नेताको संलग्नता नभई विमानस्थलबाट सुन तस्करी हुन नसक्ने एमालेले आरोप लगाउँदै आएको छ ।

सुन तस्करी प्रकरणमा हालसम्म १८ जना पक्राउ परिसकेका छन्।

सेयर गर्नुहोस्