थाइल्याण्ड र म्यानमारमा रोजगारीमा नजान परराष्ट्रको चेतावनी

काठमाडौं । परराष्ट्र मन्त्रालयले थाइल्याण्ड र म्यानमारमा सूचना प्रविधिक क्षेत्रमा आकर्षक रोजगारीको भ्रम फैलाइएको भनदै नजान सचेत गराएको छ ।

त्यहाँ नेपाली बन्धक बनेको भन्दै श्रम स्वीकृतिबिना नजान परराष्ट्र मन्त्रालयले चेतनावी दिएको हो ।

ट्राभल एड्भाइजरी जारी गर्दै रोजगारीका लागि विदेश जानुअघि सरकारका सम्बन्धित कार्यालय र विदेशस्थित नियोगमा सम्पर्क गरेर रोजगारदाता कम्पनीबारे बझ्न आग्रह गरिएको छ ।

सम्बन्धित कम्पनी, रोजगारदाताबारे वेवसाइट, टेलिफोन र इलमेलमार्फत जाँच गर्अरी यकिन गरेर मात्रै जान आग्रह गरिएको छ । हचुवाका भरमा विदेशमा रोजगारी गर्न जाँदा पर्यटक वा भिजिट भिसामा नजान सचेत गराइएको छ ।

नक्कली रोजगारीका विज्ञापनह सामाजिक सञ्जालमा आउने गरेका देखिएकाले यस्ता झुठा आश्वसनमा नपर्न परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरि अनुरोध गरेको हो ।

सेयर गर्नुहोस्