सन् २०३० सम्म शुन्य भोकमरीमा पुराउन नसकिने

इटाली । सन् २०३० सम्म शुन्य भोकमरीमा पुग्न कठिन देखिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । विश्व भर्खरै ठूलो महामारीबाट बाहिर निस्कदै गरेकाले २०३० सम्म सुन्य भोकमरीको लक्ष्य पुरा गर्न कठिन हुने उनले बताए ।

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टम्स–२०२३ स्टकिङ मोमेन्ट’मा मन अवसरमा बोल्दै उनले दिगो विकास लक्ष्य अनुरुप सुन्य भोकमरीको अवस्थामा पुग्ने लक्ष्य पुरा हुने सम्भावना कम बन्दै गएको बताए ।

‘हामी अवश्य पनि भोकमरी र खाद्य असुरक्षासंग अझै प्रभावकारी रुपमा लड्न चाहान्छौँ ’ उनले भने ‘ हामी अहिले महामारीपछिको अवस्थामा छौं र एसडिजी टू लक्ष्य अनुरुप सुन्य भोकमरीको लक्ष्य असहज जस्तै देखिएको छ ।’

खाद्य प्रणालीको सुधारसँगै जनजीवनमा आवश्यक सुधार पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ छ । उच्च आर्थिक विकास र गुणस्तरीय जीवन विकासमा जोड दिनुपर्ने उनले बताए ।

नेपालले खाद्य प्रणाली सुधारका लागि विभिन्न राष्ट्रिय ऐन नियम तथा अन्तराष्ट्यि सन्धि सम्झौता तथा योजनाहरुको कार्यान्वायनलाई प्राथमिकतमा राखेको दाबी गरे । प्रधानमन्त्री प्रचण्डले दिगो खाद्य प्रणाली विकासका लागि सरकार प्रतिवद्ध रहेको उनको भनाइ छ ।

विश्व समुदायको सामुहिक प्रयासले मात्रै खाद्य प्रणालीमा परिर्वतन सम्भव हुने भन्दै प्रधानमन्त्री प्रचण्डले त्यसबाट समुदायलाई अभिप्रेरित गर्ने तथा वातावरणको संरक्षण तथा दिगो भविश्य निर्माण माटेवा पुग्ने दाहालले बताए ।

उनले नेपाल दिगो विकासको लक्ष्यमा समावेश गरिएको शुन्य भोकमरीको लक्ष्य प्राप्तिको चरणमा रहेको जानकारी गराए ।

सेयर गर्नुहोस्