भ्रष्टाचार र अनियमिततामा दोषी देखिए कारबाही

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र अनियमिततामा दोषी देखिए कारबाही हुने बताएका छन्।

पुस्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल मित्रता केन्द्रले गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले भ्रष्टाचार र अनियमितको प्रकरणमा प्रमाणले दोषी देखिएका जोसुकैलाई कानुनी कारबाही गर्ने बताए ।

नक्कली भुटानी शरणार्थी, ललिता निवास जग्गा हिनामिना र १०० किलो सुन बरामद प्रकरणका दोषी उम्कन नपाउने उनले प्रतिवद्धता जनाए ।

निष्पक्ष रुपमा अनुसन्धान गर्न निर्देशन दिएको उनले विश्वास दिलाए । दोषीलाई छोड्न नहुने र निर्दोष फस्न नहुने गरी अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको उनको भनाय छ ।

सेयर गर्नुहोस्