रोजगारीको अवसर रोक्ने कोरियाको चेतावनी

काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षामा अवरोध गरे रोजगारीको अवसर रोक्ने चेतानवी दिएको छ ।
भाषा परीक्षामा अवरोध सिर्जना गरे नेपाल बाहेकको मुलुकबाट कामदार लिने र नेपालबाट लिदैँ आएको प्रक्रिया स्थगित गर्ने चेतनावी दिएको हो ।

कोरियाबाट फर्किएका ‘रिटर्नी’हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा रोक्ने चेतावनी दिएपछि ईपीएस सेन्टर नेपालका प्रमुख किमउन दकले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिए।

रोजगार अनुमति प्रणाली १६ वटै मुलुकका लागि समान र पारदर्शी रूपमा लागू भइरहेको कोरियाले जनाएको छ । नेपालका लागि विशेष व्यवस्था हुन नसक्ने किमउनले स्पष्ट पारे । रिटर्नीहरूको विरोधका कारण परीक्षा र कोरिया प्रवेशमा असर पर्ने उल्लेख छ ।

विशेष कोरियाली भाषा परीक्षा (सीबीटी) उतिर्ण गरी पुनः कोरिया जान प्रतिक्षारत नेपालीहले छनोट नगरेसम्म भाषा परीक्षा रोक्ने चेतावनी दिएर आन्दोलनमा उत्रेका छन् ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *