नेदरल्यान्ड्सले विजयी सुरुआत

अक्ल्यान्ड । महिला विश्वकप फुटबलमा साविक उपविजेता नेदरल्यान्ड्सले विजयी सुरु गरेको छ। समूह ‘ई’ मा रहेको नेदरल्यान्ड्सले पोर्चुगललाई १–० गोलले पराजित गरेको हो।

आइतबार न्युजिल्यान्डको फोर्सिथ बेर रंगशालामा भएको खेलमा नेदरल्यान्ड्सको जितमा स्टेफेनी भान डेर ग्राटले गोल गरिन्। खेलको १३औँ मिनेटमा स्टेफेनीले गोल गर्दै पोर्चुगलविरुद्ध नेदरल्यान्ड्सलाई १–० गोलको अग्रता दिलाइन्। पहिलो हाफमा एक गोलको अग्रता बनाएको नेदरल्यान्ड्सले दोस्रो हाफमा पनि अग्रतालाई कायमै गर्दै जितेको हो ।

यो समूहमा नेदरल्यान्ड्ससँगै पोर्चुगल, अमेरिका र भियतनाम छन्। डिफेन्डिङ च्याम्पियन अमेरिकाले शनिबार भएको खेलमा भियतनामलाई ३–० गोलले पराजित गरेको थियो।

न्युजिल्यान्डको स्काई रंगशालामा भएको अर्को खेलमा स्वीडेनले दक्षिण अफ्रिकालाई २–१ गोलअन्तरले पराजित गरेको छ। समूह ‘जी’ को खेलमा दक्षिण अफ्रिकाविरुद्ध अन्तिम समयमा गोल गर्दै स्वीडेनले जित पक्का गरेको हो।

पहिलो हाफमा दुवै टिमले गोलरहित बराबरी खेलेका थिए। खेलको ४८औँ मिनेटमा हिल्डाह मागाइयाले गोल गर्दै दक्षिण अफ्रिकालाई १–० गोलको अग्रता दिलाइन्। तर दक्षिण अफ्रिकाले आफ्नो अग्रता जोगाउन नसक्दा हार ब्यहोरेको हो।

खेलको ६५औँ मिनेटमा फ्रिडोलिनाल रोल्फोले गोल गर्दै स्वीडेनलाई १–१ गोलको बराबरी दिलाइन्। खेलको ९०औँ मिनेटमा अमान्डा लेस्टेडले गोल गरेपछि स्वीडेन २–१ गोलले विजयी भएको हो। यो समूहमा स्वीडेनसँगै दक्षिण अफ्रिका, अर्जेन्टिना र इटाली रहेका छन्।

सेयर गर्नुहोस्

नेपाली राजदुतावास पोर्तुगल द्वारा आयोजना गरियको ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस राजधानी लिजवन मा भव्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *