काठमाडौं । स्वदेशमा रोजगारी पाउन नसकेपछि युवाहरु वैदेशिक रोजगारीमा जान वाध्य भएका छन् । दैनिक १ हजार ५ सय भन्दा बढी युवाले काम खोज्दै मुलुक छोड्ने गरेका छन् ।
संस्थागत र व्यक्तिगतरुपमा युवाहरु वैदेशिक रोजगारीमा जाने गर्छन् । वैदेशिक रोजगार विभागले पछिल्लो समयमा संस्थागतरुपमा गएका श्रमिकको तथ्यांक सार्वजनिक गरेको छ ।
विभागका अनुसार सबभन्दा धेरै श्रमिक पठाउने म्यानपावर द रिभर ओभरसिज परेको छ । उसले ५ हजार १२ जनालाई वैदेशिक रोजगारीमा पठाएको छ । त्यस्तै दोस्रोमा इन्टरनेशनल म्यानपावर रिक्रुमेन्ट परेको छ । उसले ५ हजार दुई जनालाई वैदेशिक रोजगारीमा विभिन्न मुलुकमा पठाएको छ ।
विभागका अनुसार तेस्रोमा वाइड स्पेस इन्टरनेशनल परेको छ । उसले ३ हजार ९ सय २० जनालाई रोजगारीमा पठाएको छ ।
निल कमल ह्युमन रिसोर्स प्रालिले ३ हजार ६ सय ४१, एक्सेस पाटनर प्रालिले ३ हजार ४ सय २८, मोन्टाज ओभरसिज प्रालिले ३ हजार ३ सय ९८ जनालाई वैदेशिक रोजगारीमा पठाएका छन् ।