के पोर्चुगल खराब हो त ?

रमेश राज बास्तोला
लिजबन पोर्चुगल
युरोपियन यूनियन सेनजेन समूहमा रहेको पुरानो देश पोर्चुगल, नेपालभन्दा सानो छ। जनसंख्या पनि नेपालको भन्दा आधा नै कम छ। विगत २०१५ देखि त यहाँको जनसंख्या वृद्धिभन्दा घट्ने क्रम बढी छ।

यूरोपमा मात्र नभएर विश्वमै पोर्चुगल आप्रवासीको लागि उदार नियम भएको देश मानिन्छ। यहाँ नेपाल लगायत दक्षिण एसियाली राष्ट्र, अफ्रिकी राष्ट्रका साथै युक्रेन,ब्राजिल, कापभेर्दे लगायत देशका आप्रवासी यहाँ आउँछन् । श्रमका साथै यहॉंको पिआर नागरिकता पासपोर्टको लागि यहाँ आउने क्रम बढ्दोमात्रामा छ । पासपोर्ट प्राप्ती पश्चात अन्य देश जाने गर्दछन् पोर्चुगलमा पछिल्लो समयमा अमेरिकी, स्वीडीस्, डेनीस, नर्वेजियन मुलुक लगायत अन्य राष्ट्रहरुबाट मान्छेहरु आफ्नो रिटायर्ड लाइफ बिताउन वसाई सराई गरेर आउने गरिरहेका छन्।

बिगतका बर्षहरुमा भन्दा यि बर्षमा पोर्चुगलमा नेपालीहरुको आगमन ह्वात्तै बढेको छ । धेरै पैसा लगानी गरेर धेरै महत्वकांक्षा बोकेर पोर्चुगलमा आएकाहरु शुरुका केही वर्ष भनेजस्तो काम नपाउँदा बेरोजगार हुदा निराश हुनेहरुको संख्या पनि दिन प्रती दिन बढ्दै छन् ।

केही महिना पहिला नेपाल गएको बखत राजमार्गमा एक सानो होटलमा खाना खान पस्यौं। कुरैकुरामा हामी पोर्चुगलबाट आयको भन्यौं, जव पोर्चुगलबाट आएको भनेपछि ति साहुनी वज्यैले पोर्चुगलको कथा भन्न थाल्नु भो पोर्चुगल त खत्तम छ रे !, तेहा त सबै बिग्रेका छन् रे !, काम पाईदैन रे ! सबैले ठगेरै खान्छन् रे ! नेपालमा बुढी छोडेर तेहा अर्कै विहे गरेर बसेको छन् रे !

हाम्रो गाऊको फलानो गयको अझैसम्म ऋण तिरेको छैन भन्दै पोर्चुगलकोबारे धेरै भन्नु भो तर एऊटा पनि उँहाले राम्रो सुन्नु भयको रहेनछ । मैले सोधे “तपाईले यो कसरी थाहा पाऊनु भयो “रु ऊहाले भन्नु भो ( मेरो छोरी ज्वाई डेनमार्क छन् ऊनीहरुले भनेको हुन् भन्नु भो । मैले सोधे कहिले गयको हुन् त डेनमार्क ? उँहाले भन्नु भो २ वर्ष भो पहिला ९ वर्ष पोर्चुगल बसेर गएको हुन् । मैले ति आमालाई भने आमा पोर्चुगल खत्तम हैन तेहा हुने हामी नेपाली खत्तम हौ ।

खत्तम नेपाली समाज हो, देश खत्तम हैन, यदि देश खत्तम हुने थियो भने तपाईको छोरी ज्वाईले तेहाको पासपोर्ट लियर कसरी जाने थिय त डेनमार्क ?, तपाईको छोरी ज्वाई आज डेनमार्कमा जसरी निर्धक्क भएर बसेका छन् त्यो पोर्चुगल ले नै दिएको ऊपहार हो भनेर हामीले भन्दा उँहाले खै मैले त तेही सुनेको हो भन्दै कुरा मेट्नु भो । तेहावाट निस्केपछि केही दिन हामी पर्वत, वाग्लुङ्ग तिर गयौ ।

तेहा पनि ८०/९० लाख तिरेर तल्लो बाटो अमेरीका जान तयार भएकाहरुले पोर्चुगलको धारणा नै तेही बनाएको रहेछन् । मैले तपाईहरु कसरी यस्तो धारणा बनाऊनु भयो भन्ने जवाफमा सामाजीक संजाल बाट थाहा पाएको जानकारी दिनुभयो । म अचम्म परे जुन देश आफैमा शान्त देश छ, सुन्दर देश छ त्यो देश जसले आप्रवासीलाई यती धेरै अधिकार र सुविधा दिएको छ ।

यस्तो देशलाई किन वदनाम गर्दै होलान् भनेर छक्क परे । वास्तवमा खराव पोर्चुगल हैन, खराव हामी हौ । हामी आफूमा धैर्यता छैन, हामीमा सीप छैन अनि दलालको कुरा पत्यायर लाखौ बुझाउँदछौ अनि पोर्चुगल आएपछि भनेजस्तो हुँदैन अनि सामाजिक संजालमा पोर्चुगल लाई गाली गर्दछौ । तर आफूमा के कमजोर छ भनेर सोच्दैनौ । गाँउबाट काठमाडौं आउँदा त त्यहा भिज्न, सेट हुन २र३ महिना लाग्दछ ।

पोर्चुगल अर्कै भूगोल अर्कै रहन सहन अर्कै भाषा, संस्कृति र नियम कानुन छुट्टै भयको देशमा १र२ वर्ष दुख संघर्ष अफटेरो सग जुध्न सक्नु पर्दछ । नकि यहाँ आएको १र२ महिनामै यो देस यस्तो, यहाँ ऊस्तो भनेर यो देशलाई गाली गर्नु हुदैन बरु मसँग के सीप छ, मसँग कुन योग्यता छ, के गर्दा यहाँ सेटल हुन सक्दछु भनेर स्वमूल्याङ्कन सगै अगाडी बढ्नु पर्दछ ।

पोर्चुगल खराव हैन साच्चै महान छ

पोर्चुगललाई खराव भन्नेहरुलाई नै थाहा छैन किन पोर्चुगल खराव छ भनेको छौ भनेर । वास्तममा खराव पोर्चुगल हैन खराव हामी हाम्रो संघ सस्था, हाम्रो समाज छ ।
डेनमार्क जस्तो संसारको मानव अधिकार भयको देशमा एक नेपाली गर्भवति हुन्छिन् । उनको पतिको पढाई भिषा सकियो गर्भमा ६ महिनाको बच्चा छ ।

तर डेनमार्कको सरकारले ३५ दिनमा यो देश छोड भन्दछ । कतै कहि विन्ती गर्दा पनि तिनीहरुले भिषा पाउँदैनन् । अन्तत पोर्चुगलमा आउँछन् । पोर्चुगलमा भिषा नभए, यहाँको कार्ड नभए पनि स्वागत गर्छ । ति महिलाले यहि देशमा निःशुल्क अस्पतालको सुविधा लिएर बच्चालाई जन्म दिन्छिन् र त्यही बच्चाको आधारमा कार्ड बन्दछ । अब भन्नुहोस्, के अब पोर्चुगल खराव हो त ?

यूके,नर्वे, स्वीडेनमा पढ्न आएका कैयौ विधार्थी त्यहाँ खर्च धान्न नसकेर पोर्चुगल आउँछन् । माल्टा, क्रोयसिय, पोल्यान्डमा वर्क परमिटमा आयकाहरु त्यहां दलालले भनेजस्तो काम नदिलाएपछि पोर्चुगल आउँछन् । यो देशले सबै आप्रवासीलाई स्वागत गरेकै छ । के पोर्चुगल यहीँ कारणले नराम्रो हो त ?

केही महिना पहिला एक दम्पत्ती डेनमार्क आए, विद्यार्थी भिसामा आएका ति नेपाली बिरामी परे कलेज जान सकेनन् कलेजले इमीरिगेसन अफिसलाई पत्र लेख्यो उनीहरुको भिषा क्यान्सील भयो । त्यहाँवाट पोर्चुगल आए अहिले उनीनी यहाँ निःसुल्क उपचार गर्दै छन् र बिरामी भएकै कारण उनले कार्ड पनि चाँडै पाउँदै छन् । अब विरामी भइस् भनेर भिषा रद्द गर्ने देश राम्रो कि ? बिरामी भइस् भनेर उदारताका साथ कार्ड दिने देस महान ?

यी त केही प्रतीनिधि उदाहरण मात्र हुन् । पोर्चुगलबाट लगभग २००० भन्दा बढी नेपालीहरु अहिले यहाँको पासपोर्ट लिएर नर्वे, डेनमार्क, युके, वेल्जीयम लगायतका देशमा र्गएर दाम पनि कर्माएका छन् र परिवार पनि सेटल गरेक छन् । यो देन पोर्चुगलकै हो । धेरै नेपाली मात्र नभएर संसारका गरिव र अल्पविकसीत देशका आप्रवासीलाई आश्रय सगै अवसर पनि दियको छ यो देशले । तेसैले यो देश खराव हैन महान छ ।

अन्तमा,पोर्चुगलमा भर्खर आऊनु भयकोहरुले यहाँ आफूले अफ्ठेरो मान्नु स्वभाविक नै हो । अत्यन्त धेरै आप्रवासी त्यो पनि सिप नजानेको आप्रवासी आएका कारण अहिले यहाँ अवसरको कमि छ । जुन क्षेत्रमा अवसर छ, त्यो क्षेत्रको सीप अनुसारको कामदार पाइएको छैन । तर सीप नभएका धेरै छन् । तर त्यो क्षेत्रमा काम थोरै छ । यसकारणले पनि यहाँ आप्रवासीलाई अहिले जागिर पाउन गार्हो छ । यहा २र३ वर्ष संघर्ष नगरि सुखै छैन ।

२/३ वर्षको संघर्षको समयलाई लिएर पोर्चुगल खराब छ नभनौ । पोर्चुगल खराव हो कि महान हो यहाँबट नागरिकता लिएर अन्य देश गएका अनि अन्य देशमा भिषा सकिएर यहाँ आएर कार्ड बनायकालाई सोधौ । पोर्चुगलमा नै धेरै प्रगति गरेकाहरु र ऊच्चतहको जागिर खाएकाहरु धेरै नेपाली छन् तर प्राय सामाजिक संजालमा मौन छन, लेख्न र बेल्न चाहदैनन् ।

६० हजार भन्दा बढी नेपाली रहेको पोर्चुगलमा केहीले समाजिक संजालमा लेखेको आधारलाई लिएर पोर्चुगललाई खराव नभनौ । पोर्चुगलमा आउदा २र३ वर्ष संघर्ष र दुख गर्दछु भन्ने सोच लिएर आऊ । कुनै दलाल एजेन्टको ठूलो प्रलोभन र आषमा धैरै कमाउने सोचले पोर्चुगल नआऔ । मात्र २र३ महिना यहाको भाषालाई मूल मन्त्र बनाएर अध्ययन गर्ने हो भनेपनि रोजगार पाउने संभावना ज्यादा हुन्छ। जुन देशमा छौं, त्यहाको भाषा भए भोको कहि रहन पर्दैन । यो सबैले बुझौ र बल्ल विदेसको यात्रा गरौ । जय होस्

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More