समर लभ ले जुरायको क्रुज यात्रा

जनक वराल
कोपन हेगन डेनमार्क
> > > > > कोपनहेगन को ब्यस्त जीबनशैली अनि कामको तारतम्य सोचे जस्तो नहुँदा मन खुशी थिएन । देश छाडेको पनि पत्तै नपाईकन पाँच बर्ष बित्न लागिसकेछ । यो पाँच बर्षमा मेरो गाँउमा, देशमा अनि परदेशमा धेरै कुरा बदलिसकेका थिए । > > यो बर्ष दशै तिहार मनाउने गरी देश जान सकिन भने जिन्दगीको हिसाबमा पाउने भन्दा धेरै गुमाउने महसुस गरेपछि देश फर्कने निर्णय लिएँ । मन धेरै डुल्ने र सधैं दुबिधा हुने देखे पछि तुरुन्त नेपाल जान हवाइ जहाजको टिकट काटेँ अनि अब के गर्ने भनेर योजना बनाउन थाले । > > > जहाजको टिकट काटेर काममा राजिनामा दिए सँगै अब अगाडिको बाटो प्रस्ट थियो । डेनमार्क छोड्नु भन्दा अगाडि के गरौँ, कता जाउँ भन्ने सोचमा केही दिन डुबेपछि क्रुज यात्रा मार्फत ओस्लो जाने बिचार दिमाखमा फूर्यो । > > क्रुज यात्रा बारेमा इन्टरमिडियट लेभलमा केही कथा त पढेको थिएँ तर त्यती धेरै जानकार थिइन । न म क्रुज चढेर यात्रा गरेको थिय न त मेरा कोही साथीभाईहरुको अनुभब सुनेको थिएँ तर पनि जीवनमा मर्नु अगाडि एक पटक क्रुज चढ्नु पर्छ भन्ने छाप मनमा दर्हो गरी परेको थियो त्यसको एउटै कारण थियो सुबिन भट्टराई द्वारा लिखित बहुचर्चित उपन्यास ” समर लभ ” को अध्ययन जुन उपन्यास नै क्रुज यात्रा बाट सुरु हुन्छ र सायद त्यो उपन्यास पढेका धेरै पाठकलाई क्रुज यात्राको भुत सबार भएको हुनु पर्छ मलाई जस्तै, आफुलाई कथाको पात्र अतित शर्मा सम्झिएर । > > २०६९ सालतिर को कुरा हो, त्यतिबेला म बन्दिपुर गाबिसमा पर्ने डुम्रेबजार मा जागिर गर्दथे । रहरले रेडियो बन्दिपुर ८८. ८ मेगाहर्जमा कार्यक्रम पनि चलाउथे । त्यहाँ एकजना तामाङ्ग थर गरेकी महिला सहकर्मी मित्र पनि थिइन, उनी समाचार बाचिका र कार्यक्रम प्रस्तोता पनि हुन । त्यती बेला सहरमा समर लभको चर्चा र क्रेज एस्तो थियो कि बरु कलेजको पाठयक्रम सबैलाई याद थियो थिएन, समर लभ पढ्नै पर्ने एउटा थप बिषय जस्तै बनेको थियो युवा पुस्ता माझमा । > > एकदिन उनले मलाई सोधिन, “ जनक सर, तपाईं त काठमाण्डौँ गईराख्नु हुन्छ, तपाईंलाई टियु, किर्तिपुर, ट्याङ्लाफाट बारे कत्तिको जानकारी छ ? मैले भने ,”म काठमाण्डौ जाँदा प्राय बस्ने नै त्यतै तिर हो त, किन र ?” उनी एक्कासी आक्रोसित मुद्रामा अाइन र भनिन, “त्यो साया शाक्य कहाँ बस्छे पत्ता लगाउनु पर्‍यो, त्यो अतित शर्मा त्यस्तो सोझो मान्छेलाई किन त्यसले धोका दिई त्यसलाई भेटेरै सोध्नुपर्‍यो ? “ एस्तो लाग्थ्यो उनले यदि साया शाक्यलाई प्रत्यक्ष अगाडि भेटिन भने उसलाई भुताल्ने छिन् । > > मैले भने, “होइन मिस तपाईं किन यसरी आवेसमा आउनु भयो, समर लभ आखिर कथा त हो अनि साया त्यस कथाकी पात्र, कहाँ साच्चिकै सम्झनु भएको हो त ?” > > उनले भनिन, “ होइन यो रियल कथा हो । त्यो सायालाई भेटेर सोध्नै पर्छ अनि त्यसलाई सवक पनि सिकाउनु पर्छ ।” उनीलाई मात्रै होइन धेरैलाई साया एउटी अस्तित्वमा रहेकी धोकेबाज घृणित पात्र लागेकी थिई नकि कथाकी एउटी काल्पनिक पात्र । > > त्यो बेला म र भाई सविन जो अहिले जापानमा छ, हामी दुई जना बन्दिपुर जाने गेटको अगाडि कोठा भाडामा लिएर बस्थ्यौँ । त्यो बेला वाइफाइ त्यती सहज थिएन, हामीले अफिसमा स्काई प्रो को सिम बाट इन्टरनेट सम्बन्धी काम चलाउथ्यौँ । हाम्रो अफिस नजिकै एउटा होटेल थियो, उसले त्यहिको चोरिको इन्टरनेटबाट अच्युत घिमिरेको आवाजमा श्रुती सम्बेग कार्यक्रममा बाचन भएका ‘समर लभका’ एपिसोड हरु डाउनलोड गरेर ल्याउने गर्दथ्यो । हामीले करिब् > एक हप्ता लगाएर ती सबै पार्टहरु सुनेका थियौँ । मलाई समर लभको कथाले ती तामाङ्ग मित्रलाई जस्तै छोएको थियो अनि साया र अतित शर्माको बारेमा सोचेर म पनि एकान्तमा घोत्लिरहन्थे र कहिलेकाहीँ त लाग्ने गर्थ्यो म पनि ती कथाका पात्रहरुलाई साच्चिकै खोज्न निस्किउकी भनेर । > > पोखरा गएको बेला मित्र फडिन्द्र बराल लाई सोधेँ, “लेकसाईडमा स्नो हिल लज कहाँ छ तपाईंलाई थाहा छ ? “ > उनले भने, “स्नो हिल लज त हाम्रो अफिसियल होटेल जस्तै > हो, हाम्रा धेरै जसो गेस्ट लाई हामीले त्यहीँ राख्ने गर्दछौं ।” > मैले उनलाई मलाई पनि स्नो हिल लज लगिदिन आग्रह गरेँ, उनले हुन्छ त भने तर उनी मेरो कुरा सुन्दा तब अचम्ममा परे जब मैले उनलाई एक रातको लागि त्यहाँ कोठा बुक गर्न भनेँ । जबकी हामीलाई लेकसाईडमा बस्नु पर्ने कुनै कारणनै छैन । हाम्रो घर नै त्यहाँ बाट सात किलोमिटर टाढा थियो भने उनको अपार्टमेन्ट दश मिनेटको ड्राइभिङमा पुगिने ठाउँमा । > > उनले मेरो कुरा नकार्न सकेनन्, हामी लाग्यौ स्नो हिल लजमा एक रात बस्ने गरी । हामीले त्यहाँ रेस्टुरेन्टमा बसेर पियौँ, खाना पनि त्यहीँ खायौं । अतित र साया जसरी पिङ्ग खेल्यौं । अनि मैले त्यस होटेलका मेनेजर नवराज साँखी लाई सोधेँ, “ तपाईंलाई समर लभ भन्ने उपन्यासका बारेमा थाहा छ ? उनले सुरुमा आफुलाई थाहा नभएको तर पछिल्लो एक दुई महिना एता धेरै प्रेमी जोडीहरु स्नो हिल रेस्टुरेन्ट खोज्दै आएपछि बुझ्दै जाँदा एउटा कथामा उनको लजको बारेमा लेखिएको रहेछ भनेर तीनै ग्राहक हरु मार्फत थाहा पाएको जानकारी गराए । > > मैले भने, “जती समर लभ भन्ने उपन्यास चर्चित हुँदै गयो, तपाईंको लजको बिना पैसा लगानी त्यतिकै बिज्ञापन हुँदै गएको छ । त्यो उपन्यासका पाठकहरुका मनमा पोखरा जाँदा स्नो हिल लजमै बस्नु पर्छ भन्ने छाप परेकोले तपाईंहरु लाई खोज्दै आएका छन् तर तपाईं अझै उपन्यास देखि बेखबर हुनुहुन्छ । तपाईं पनि तुरुन्त त्यो उपन्यास पढिहाल्नु होला“ मैले सुझाय । उनले अब समय मिल्न बित्तिकै उक्त उपन्यास पढ्ने कुरा बताय । > > जब हामी त्यो लजमा बस्यौँ, मेरो अगाडि कथाका पात्र साया र अतित घुमिरहे । अतित प्रतिको सहानुभुति अझै बढ्दै गयो । कथा त कथा नै हो भनेर बुझ्दा बुझ्दै पनि अतित शर्मा प्रतिको चासो अनि अब उसले के गर्ला, साया एकाएक किन बदलिएकी होली यी अनि एस्ता दुष्चिन्ता ले मनमा डेरा जमाइरहे । अनि म आँफै पनि एउटा कथाकार भएकोले अब सुबिन भट्टराईले समर लभ दुईमा कथालाई कसरी अगाडि बढाउलान् र लाखौं पाठकको ब्यग्र प्रतिक्षा र पहिलो भागको लोकप्रियता कायम राख्न दोस्रो भागको कथा कसरी प्रस्तुत गर्लान्, के भाग दुई ले पाठकको प्रतिक्षा लाई सही सम्बोधन गर्ला त वा उनले पहिलो भागको क्रेजलाई कायम राख्न सफल होलान् त ? त्यो हेर्न र पढ्न म धेरै आतुर थियँ । > > समर लभको दोस्रो भाग साया बजारमा आउँदा म नेपालमै थिएँ । पोखरा जाँदा मित्र सन्तोष पराजुली सँग भेट भयो । उनी सँग पनि साया उपन्यास का बारेमा चर्चा भयो । उनले आफुले केही दिन अगाडि मात्र साया उपन्यास किनेर पढ्न सुरु गरेको र पुरै पढिसक्न अझै दुई चार दिन लाग्ने कुरा बताय । मैले पनि साया किन्ने राय ब्यक्त गरेँ । उनले भने अब दुई चार दिनमा म पढिसकेपछि तपाईंलाई दिई हाल्छु नि भनेपछि मैले अरु एक हप्ता उनलाई कुर्ने बिचार गरेँ अनि फर्कियँ डुम्रेबजार तर्फ ।म डुम्रेबजार तिरै हरायँ, दमौली जाँदा केही पुस्तक पसलमा साया उपन्यास नखोजेको पनि होईन तर भेटाउन सकिन । पछाडि म कता ब्यस्त भयँ, साया लाई माया मारे जस्तै भयो । > > २०७२ सालमा म बिदेश तिर लागे, दुई तीन बर्ष एतै हरायँ । तीन बर्ष पछाडि नेपाल फर्किंदा एक जना छिमेकी अंकल ले चितवनको माडी घुम्न जाने प्रस्ताब राख्नु भयो । मैले साया उपन्यास पढ्न नपाएको भए पनि अगिल्लो सिरिज समर लभ कथाका गर्दी गाबिस , ढिकुन गाबिस अनि माडिको बसन्तपुर सम्मका कथा र घटना दिमाखमा ताजै थिए । हामी लाग्यौँ माडी तर्फ । हामी मकुइ खोला तरेर गर्दी गाबिस तर्फ लाग्यौँ त्यहाँ बोधराज अङ्कलको घर रहेछ । मैले उहाँहरुलाई समर लभ र त्यसमा कथाकारले उल्लेख गरेका ठाउँ बारे जिज्ञासा राखेँ । उहाँहरुलाई पनि उपन्यासले आफ्नै गाउँको कथा समेटेको जानकारी रहेनछ । उहाँहरु पनि त्यो कथा पढ्न उत्साहित देखिनुभयो । > > केही समय पश्चात म फेरि बिदेश फर्कियँ । फेरि साया किन्ने र पढ्ने अनुकुल परेन किनभने त्यतिबेला दिमाखमा अरु हजारौँ कुराहरु थपिएका थिए त्यसकारण उपन्यास किन्ने कुरा विस्मृति भयो होला तर साया र अतित पात्र दिमाखको कुनै कुनामा बसिराखेकै थिय । > > पन्ध्र दिन अगाडि ओस्लो जाने योजना बनायँ । हवाईजहाजमा जाँदा छिट्टो, सस्तो र आरामदायी यात्रा हुन्थ्यो होला तर क्रुज को स्काई बारमा अतित शर्मा खोज्न हिंडेको म फ्लाईटमा त कसरी जान सक्छु र ? क्रुजको टिकट काट्नु अगाडि सँगै जानलाई साथीभाई खोज्न थाले । कोपनहेगनमा सबै ब्यस्त, सबै थकित । मेरो सिमित सङ्ख्यामा रहेको साथीभाईको सर्कलमा म सँग जाने मान्छे भेट्टाउन सकिन । सोचेँ म पो साया शाक्य खोज्न निस्केको एउटा बेहोसी पाठक हुँ, अरु किन म सँगै गईदिनु पर्ने ? जुन कथा आज भन्दा नौ बर्ष अगाडि स्वयम् कथाकारले संयोगात्मक बनाएर टुङ्गाइसके फेरि त्यही पात्र खोज्न ओस्लो जानु यो त हास्यास्पद तर्क हुन सक्छ दुनिँयाका लागि त्यो मलाई राम्ररी थाहा छ तर पनि मनको बाल हठका अगाडि केही लागेन । म एक्लै उन्नाईस घण्टा लामो यात्रामा ओस्लो जान तयार बनेँ अनि टिकट काटेँ । > > ओस्लो हिंड्नु दुई दिन पुर्व दार्चुलाका मित्र गोबिन्द राज जोशी सँग मेरो योजना बारे सामान्य कुराकानी भयो । उनले भने समर लभको कथा कि खलपात्र भनौँ या कथालाई त्यो मोडमा पुर्याउने मुख्य पात्रनै सुस्मिता हो | तपाइँ ओस्लो भन्दा अगाडि एकपटक धनगढी जानुस् | अतित शर्माले खाना खएको होटेलमा खाना खानुस, कृष्ण मन्दिर जानुस, धनगढी महसुस नगरी ओस्लो पुगेर कथा कहाँ पुग्छ ? अर्को कुरा अतित र साया को मिलन भइकन बिहे भएर पनि सात आठ बर्षका बच्चा भैसके होलान, तपाइँ कहाँ हुनुहुन्छ ? यदि साया नै खोज्ने भएको भय तपाइँ दुई हजार सत्तरी सालमै ओस्लो पुग्नु पर्थ्यो, गार्हो नमान्नुस यो कुरा मलाई अल्लिक चित्त बुझेन |” यो कुरा त मलाई पनि चित्त बुझेको होइन तर एउटा कथाको पात्रको जीबनशैली अपनाउन खोज्नु र कथाको पात्र लाई वास्तबिक ठान्ने भुल गर्नु पनि एउटा साचो पाठकको धर्म हो भन्न मन थियो तर भन्न सकिन । > > ओस्लो जाने दिन पनि आयो | म क्रुजको कथा लेख्न आतुर थिए | डिपार्चर डेस्क बाट क्रुजको बोर्डिङ्ग पास हात परेपछि म पनि अरु यात्रीलाई पछ्याउदै क्रुज प्रवेश गरे | अन्य यात्री र त्यहाँ भएका हर कुरालाई मिहिन तरिकाले केलाएर मोबाईलको नोटमा टिपोट गर्न थालेँ | मलाई लाग्दै थियो म एउटा यात्री कम र जासुस वा खोज पत्रकार ज्यादा पो बन्दै छु कि ? क्रुज हिड्यो कथाकारले भने जस्तै मैले पनि सबै कुरा महसुस गर्न र भोग्न आतुर थिय | फरक यत्ति मात्र थियो कि डेक नौ को स्काई बारमा अतित शर्मा थिएन र होस् पनि कसरी बाँकी त सबै कुरा र परिबेश उस्तै थिए | > > मानिसहरु आफ्नो यात्रालाई अबिस्मरणिय बनाउन हरसम्भब कोसिस मा थिए तर म भने कथा भित्रको कथा लेख्न मा ब्यस्त थिए | करिब उन्नाईस घण्टा लामो यात्रा पछाडि हामी चढेको क्रुज ओस्लो पुगेर क्रुज पोर्टमा रोकियो | मलाई त्यहाँ स्वागत गर्न खडा थिय, मेरा एकजना पुराना मित्र रामचन्द्र जिसी | उनलाई मैले एकपटक समर लभ युट्युब मा सुन्न र त्यही अनुसार घुमाउन आग्रह गरेको थिय । > > जब म कोपनहेगन बाट हिडेको थिए त्यो बेला कोपनहेगनमा भारि बर्षा भइरहेको थियो भने ओस्लो पुग्दा पनि सिम्सिम पानी परिरहेको थियो | छाता नओढि हिड्न गार्हो हुने खालको | कता घुम्ने भन्दा पनि कसरी घुम्ने भन्ने बिषयले चिन्ता बढायो | मौसम पुर्बानुमान हेर्दा त्यो हप्ता भरि नै घाम नलाग्ने र पानी परिरहने देखाइरहेको थियो । > > पानी रोकिएला अनि घुमौला भन्ने बिकल्प नभएपछि हामी लाग्यौं ओस्लो टुर तर्फ । ओस्लो का मुख्य पर्यटकिय गन्तब्य घुमिसकेपछि हामिले केहि बेर बिश्राम लियौ अनि लाग्यौ युनिभर्सिटी अफ ओस्लो तर्फ जहाँ साया शाक्य पढेकी थिई | ओस्लो युनिभर्सिटी अति बिशाल रहेछ घुम्ननै घण्टौ लाग्ने । करिब डेढ घन्टा लगाएर युनिभर्सिटीका हरेक कुना घुमे पछि र केही फोटो खिचे पछि मैले मित्र रामचन्द्र जिसी लाई भने ” द ड्रामा ईज ओभर नाव “ । उनी मन्द मुस्कुराय , मलाई थाहा थियो उनलाई मेरो पारा र उदेश्य मन परिरहेको थिएन र पनि मेरो कुरा टार्न नसकेर मलाई पथप्रदर्शन गरिरहेका थिए । मैले भने , ” आरसी सर , कत्ति गार्हो नमान्नुस, समर लभ एउटा काल्पनिक कथा थियो भने सम्झनुस हामी पनि रङ्गमञ्चमा नाटक प्रहसन गर्दै छौँ । यो नाटकमा म एउटा पागल पाठकको भुमिकामा छु जो कथाका काल्पनिक पात्रलाई साचो मानेर खोज्न निस्कन्छ भने तपाई त्यो पागल पात्रको पथप्रदर्शक को अभिनय गर्दै हुनुहुन्छ बस् यत्ति बुझ्नुस | ” के थाहा दर्शकले पागल पात्र भन्दा पथप्रदर्शक को भुमिका पो बढी मन पराउछन कि ? उनी केही बोलेनन्, मलाई हेरी मात्र रहे | > > समर लभको दोस्रो भाग साया आएर पनि सबै पाठक बर्गको मनको बेचैनी र कौतुहलता समेत साम्य भइसकेको अवस्थामा म भने फेरि त्यही कथा खोतल्न लागिपरेको थिए | कथा सकिसक्यो, पर्दा खसिसक्यो, सबै तितरबितर भइसके र पनि लाग्दै थियो म थिएटरको एउटा कुनामा बसेर एकोहोरो रोइ रहेको छु तीनै काल्पनिक कथाका पात्रहरुलाई वास्तविक पात्र सम्झेर । अब धेरै ढिला भईसक्यो, साया र अतित को भेट भइसक्यो म भने उनीहरुका बिछोडका दिन सम्झेर तड्पिरहेको छु । अब म निद्राबाट ब्युझेर एथार्थमा जिउन सिक्नु पर्छ, समर लभ एउटा काल्पनिक संयोगात्मक कथा हो भनेर । > > रामचन्द्र जिसी, सबिता भुजेल, अर्जुन बराल लगाएतका पात्र र ओस्लो लाई गुडबाई भनेर कोपनहेगन एअरपोर्टमा ओर्लिदा आफुलाई युद्दमा बिजय भएर फर्केको सिपाही जस्तै महसुस गर्दैछु तर पनि अतित शर्मा र साया शाक्य मेरो मस्तिस्कमा भने सदा सदा बाचिरहने छन जीवन्त पात्र बनेर |

सेयर गर्नुहोस्