एनआरएनएको सम्मेलनमा राष्ट्रपतिलाई निम्तो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का को अक्टुबरमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनको उद्घाटन सत्रका लागि र रा रामचन्द्र पौडेलललाई निमन्त्रणा दिइएको छ ।
कार्यकारी अध्यक्ष डा बद्री केसी र अध्यक्ष कुल आचार्यले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संघको आगामी अक्टोबरमा हुने महाधिवेशनका लागि निम्तो दिएका हुन् ।

संघका कार्यकारी अध्यक्ष डा केसीले सम्मेलनबारे सम्माननीय राष्ट्रपतिलाई जानकारी गराए । उनले सम्मेलनमा उद्घाटन र सम्बोधनका लागि अनुरो गरे। . राष्ट्रपति पौडेलले सम्मेलनमा उपस्थित हुने प्रतिबद्धता जनाएका छन् ।

संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई नागरिकता प्राप्तिको लागि मार्गप्रशस्त गरेकोमा खुसी व्यक्त गरे । नियमावलीलाई एनआरएनमैत्री बनाउने प्रयासमा विभिन्न चरणमा सरकारसँग छलफल भइरहेको उनले जानकारी दिए ।

अध्यक्ष आचार्यले यथाशक्य छिटो उक्त नियमावली ल्याउनका लागि पहल गरिदिन समेत राष्ट्रपति समक्ष अनुरोध गरे । राष्ट्रपति पौडेलले नियमावलीमा अप्ठ्यारा र झन्झटिलो प्रावधान राख्न नहुनुे पक्षमा रहेको बताए ।

सेयर गर्नुहोस्