आपतकालीन राहत कोष बनाउँदै एनआरएनए बेल्जियम

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमले आपतकालीन राहत कोष बनाउने भएको छ । कोष प्रभावकारी बनाउनका लागि कार्यसमितिभित्रैबाट ६ हजार ६ सय ५३ युरो संकलन गर्ने प्रतिवद्धता जनाइएको छ ।

आपतकालीन राहत कोष छिट्टै प्रभावकारीरुपमा सञ्चालन गर्ने महासचिव रुविना शर्माले बताइन् । कोष वृद्धि गर्न र सञ्चालनका लागि कार्यविधि तयार गर्ने बैठकले निर्णय गरेको छ ।

बेल्जियमस्थित बिभिन्न सामाजिक संघसँस्थाहरुसँग समन्वयन गरि परियोजना अघि बढाइने छ । कोष सञ्चालनका लागि संस्थाकी अध्यक्ष सीता सापकोटालाई जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ ।
दाताहरुको नामावली पछि सार्वजनिक गर्ने तयारी छ । कोषाध्यक्ष अजित तुलाचनले एकै पटक सार्वजनिक गर्ने निर्णय गरिएको जनाइएको छ ।

एनआरएनए बेल्जियमले अगामी २ वर्षभित्रमा अन्तराष्ट्रिय युवा सम्मेलन आयोजना गर्ने भएको छ । त्यसका लागि आवश्यक अध्ययन प्रकृया अघि बढाउने निर्णय गरेको छ ।े सम्मेलनको लागि आवश्यक गृहकार्य गर्न कार्यसमितिभित्र रहेका युवा र संघको केन्द्रीय युवा संयोजकबीच आवश्यक छलफल गरेर अघि बढाउने बैठकले निर्णय गरेको छ ।

बेल्जियममा रहेका नेपालीहरुका लागि मानसिक स्वास्थ्य सम्बन्धी जानकारी दिने उदेश्यले संघको केन्द्रीय स्वास्थ्य समितिसँग समन्वय गरेर भर्चुअल जनचेतनामुलक कार्यक्रम हुने भएको छ । न्यूज लेटर, नयाँ वेवसाइट लगायतका विषय अघि बढाउन पनि छलफल भएको छ ।

बेल्जियममा रहेका महिलाहरुको सम्मेलन तयारी गर्नका लागि महिला उपाध्यक्ष सावित्री गिरीलाई जिम्मा दिने निर्णय गरिएको छ ।

बैठकले पदाधिकारी सम्मिलित एक सचिवालय गठन गर्ने निर्णय गरेको छ । कार्यसमितिको बैठक बस्न नसकेको अवस्थामा सचिवालयले आकस्मिक निर्णय गर्ने छ । सचिवालयमा अध्यक्ष, उपाध्यक्षहरु, महासचिव, उपमहासचिव, सचिवहरु, कोषाध्यक्ष र सहकोषाध्यक्ष छन् ।

गैरआवासीय नेपाली संघको अगामी अक्टोवर १७ – २० काठमाण्डौंमा हुने महाधिवेसन तथा विश्व सम्मेलनमा एनआरएनए बेल्जियमले सकृय सहभागिता जनाउने बेल्जियमले निर्णय गरेको छ । सो महाधिवेसनमा बेल्जियमबाट उम्मेदवार बन्ने सबै पदाधिकारीलाई एक भएर सहयोग र सर्मथन गर्ने बैठकले निर्णय गरेको छ ।

संघको विधि विधान र परम्परालाई पालना गर्दै संस्थागत आचार संहिताको दायाराभित्र रहन समितिका सम्पूर्ण सदस्यहरुलाई अनुरोध गरिएको महासचिव शर्मा बताउँछिन् ।
बेल्जियमस्थित बिभिन्न संघसँस्थाद्धारा आयोजना हुने चाडपर्व तथा अन्य गतिविधिका लागि आर्थिक सहयोगको लागि निवेदन आएमा त्यस्ता निवेदनको औचित्य हेरि अध्यक्षले तीन सय यूरोसम्म दिन सक्ने निर्णय भएको छ ।

संघको विधान अनुरुप बेल्जियमस्थित एनआरएनएका पंन्जिकृत सदस्यहरुको शुल्क संघको केन्द्रीय सचिवालयमा पठाउने बैठकले निर्णय गरेको छ । संघका वर्तमान कोषाध्यक्ष अजित तुलाचन र निवर्तमान कोषाध्यक्ष लोकेन्द्र नेपाल (पुष्प)ले समन्वय गरेर तत्कालै सो रकम केन्द्रमा पठाउने छन् ।

गैरआवासीय नेपाली संघ बेल्जियमको नयां कार्यसमितिलाई स्थानीय निकाय अन्तरर्गत स्तात्सब्लडमा दर्ता हुने भएको छ । बेल्जियमले तीन वटा बैंक खाता सञ्चालन भएकोमा अब एक मात्र बैंक खाता सञ्चालन गर्ने भएको छ । एउटै खाता हुँदा मासिक बैंकिङ खाता शुल्क कटौती गर्न सकिने जनाइएको छ । महिला तथा युवाको लागि सेमी खाता सञ्चालनमा ल्याउनको लागि बैकसँग परार्मश गरेर अघि बढ्ने बैठकले निर्णय गरेको छ ।

संघ बेल्जियमको वार्षिक गतिविधि समेटेर वार्षिक क्यालेडर निमार्ण गर्ने भएको छ । त्यसका लागि उपमहासचिव राजेन्द्र कार्कीलाई जिम्मेवारी दिइएको छ ।

सेयर गर्नुहोस्