काठमाडौं । शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । शिक्षा विधेयममा असहमति जनाउँदै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंगलबार आह्वान गरेको वार्तामा शिक्षकहरुले बहिष्कार गरे । नेपाल शिक्षक महासंघले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । शिक्षा मन्त्रालयले बोलाएको बैठक शिक्षकहरुले बहिष्कार गरेका हुन् ।
संसदमा शिक्षा सम्बन्धी विधेयक दर्ता भइसकेको छ । शिक्षा मन्त्रालयले गर्ने वार्ताबाट समस्या समाधान नहुने शिक्षकहरुले बताएका छन् । शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा वार्ता समिति गठन गरी भ्एको छ ।
शिक्षा विधेयकमा असहमति जनाउँदै आन्दोलन चर्काएका हुन् । महासंघ अध्यक्ष कमला तुलाधार र महासचिव लक्ष्मीकिशोर सुवेदीले विज्ञप्ति जारी गरेर आन्दोलन जारी रहने बताएका छन्।
‘विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा महासंघले पेश गरेको सुझाव नसमेटिएको जनाइएको छ ।
करेक्सन नगरी विधेयकको रुपमा संसदमा पेश गरिएको विज्ञप्तिमा जनाइएको छ । अब विधेयकको रुपमा दर्ता भइसकेको दस्तावेजको सुधार र परिवर्तन शिक्षा म्रन्त्रालयबाट नहुने शिक्षकको आशंका छ ।
उनीहरुले ३ गतेबाट देशभरिका विद्यालय बन्द गरी काठमाडौंमा गरिने सडक आन्दोलन गरिरहेका छन् ।
आन्दोलनमा सहभागी हुन सबै शिक्षक कर्मचारीहरुलाई आह्वान गरेका छन्। उनीहरुले १७ बुँदे माग राख्दै आन्दोलन गरेका हुन् ।
विधेयकले स्थायी, अस्थायी र करार, राहत, साविक उमावि, शिक्षण सिकाइ अनुदान, विशेष शिक्षा, प्राविधिक धार र संस्थागत विद्यालयका शिक्षक लगायत सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका मुलभूत मुद्दा नसमेटेको जनाइएको छ ।
संविधान प्रदत्त ट्रेड युनियन अधिकारमाथि पनि अङ्कुश लगाउन खोजेको महासंघले आरोप लगाएको छ । यसले आम नेपाली शिक्षक कर्मचारीको पेसागत सम्मान र सुरक्षामा गम्भीर सङ्कट ल्याउने आशंका गरिएको छ ।