सुवास नेम्वाङ निधनको शोकमा सार्वजनिक बिदा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनको शोकमा सरकारले सार्वजनिक बिदा दिएको छ ।

गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको हो । बिहीबार नेम्वाङको पार्थिव शरिर अन्त्येष्टी गर्ने तय भएको छ । सो दिन बिदा दिने घोषणा गरिएको हो ।

सेयर गर्नुहोस्