सुन तस्करी प्रकरणको प्रतिवेदन तयारी अन्तिम चरणमा

काठमाडौं । हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन तयारी अन्तिम चरणमा पुगेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी०ले बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर एकदुई दिनमै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए ।

यस मुद्दामा सङ्गठित अपराधको अनुसन्धान भइरहेकोमा यसै महिनाको ३१ गते ६० दिन पुग्दै छ । सो अबधिसम्म मुद्दा अदालतमा पुग्नुपर्छ । प्रतिवेदन लेखन लगभग सकिएको र केही प्राविधिक काम बाँकी छ ।

उक्त सुन तस्करी प्रकरणमा पक्राउ परेकामा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक छन् । अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकामा ३० जना प्रहरी हिरासतमा छन् ।

तस्करीमा भन्सारका कर्मचारीकै मिलेमतो रहेको पाइएकाले पछिल्लो समयमा प्रहरीले भन्सार अधिकृत पुष्पा जोशीसहित नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ गरेको थियो ।
विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गरिरहेको छ ।

सेयर गर्नुहोस्