अब फेसबुक चलाउन पैसा लाग्ने

पोर्चुगल । फेसबुक चलाउन अब पैसा लाग्ने भएको छ । मेटाले आफ्ना चर्चित एपहरू इन्स्टाग्राम र फेसबुकको सशुल्क भर्सन सार्वजनिक गर्न लागेको हो ।

न्यूयोर्क टाइम्सका अनुसार मेटाले यी एप विज्ञापनरहित चलाउन मिल्ने बनाउन लागेको हो । मेटाले युरोपमा यस्तो भर्सन ल्याउने तयारी गरेको छ ।

कम्पनीले सशुल्क संस्करण कहिले सार्वजनिक गर्ने घोषणा गरेको छैन । फेसबुक र इन्स्टाग्राम चलाउन कति शुल्क लिने यकिन गरिएको छैन ।

यस्तो एप सार्वजनिक गरिएमा प्रयोगकर्ताले निश्चित शुल्क तिर्नुपर्छ । त्यस्ता प्रयोगकर्ताले विज्ञापन देख्न पाउँदैनन् । यो सँगै विज्ञापन देखिने निःशुल्क भर्सनको एप पनि सञ्चालन हुनेछ ।

मेटाले आम्दानी बढाउन, युजर एक्सपेरियन्स सुधार गर्न, युजर इन्गेजमेन्ट बढाउन र डेटा सुरक्षामा थप काम गर्न सशुल्क एप सञ्चालन गर्ने तयारी गरेको हो ।

 

सेयर गर्नुहोस्