पोर्चुगलको सिटीटीमा उजुरीको चाङ

लिस्बन । महत्वपूर्ण कागजात तथा बहुमूल्य वस्तुको ढुवानी तथा ओसारपसार गर्दै आएको पोर्चुगलको सिटीटी तथा सिटीटी एक्सप्रेसमा उजुरीको चाङ बढेको छ ।

ग्राहकले ढिला भएको, गलत ठेगानमा पठाएको तथा महंगो भएको गुनासो गरेका छन् । यो वर्षको सुरुवातदेखि अगस्ट ८ सम्म ३ हजार ८ सय ५३ उजुरी परेका छन् ।

केइजा पोर्टलमा दर्ता भएका उजुरीमध्ये सिटीटीको सेवामा बढी गुनासो आएका छन् । ६४.२ प्रतिशत सिटीटी र ३८.८ प्रतिशत उजुरी दर्ता भएको जनाइएको छ ।

उजुरीकर्ताले सबैभन्दा धेरै उजुरी ढिलो सेवा (डिले)को बारेमा गरेका छन् । ३२.७ प्रतिशत उजुरी ढिलो भएको प्रयोगकर्ताको गुनासो छ । तर, यो अघिल्लो वर्षको तुलनामा गुनासोमा कमी आएको छ । सन् २०२२ को सोही समयमा ३३.९ प्रतिशत थियो ।

गलत ठाउँमा डेलिभरी गरिएको पनि गुनासो आएको छ । गलत प्रापकले प्राप्त गर्दा वास्तविक व्यक्तिले नपाएको जनाइएको छ । यस्तो समस्या १०.४ प्रतिशत छ ।

उजुरीहरूले अपूर्ण डेलिभरी भएको पाइएको छ । ७ प्रतिशतले यस्तो समस्या रहेको उजुरी गरेका छन् । सेवामा कठिनाइहरू ( ग्राहक समर्थनसँग सम्पर्कमा रहनु ( दुई ब्रान्डहरूमा यस्तो समस्या देखिएको हो ।

सिटीटी र सिटीटी एक्प्रेसका सेवाहरुमा विगतका वर्षभन्दा सुधार आएको छ । सन् २०२२ मा ७८.४ प्रतिशत सन्तुष्टी रहेकोमा अहिले ७३.३ प्रतिशतमा झरेको छ ।

सेयर गर्नुहोस्