धरानमा डेगुं भयावह बन्दै, अन्यत्र सक्रमण फैलने त्रास

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकामा डेंगु फैलिएको छ । डेंगुको संक्रमणको भयावह अवस्था सिर्जना भएको छ ।

धरानमा डेंगुकै कारण ११ जनाले ज्यान गुमाइसकेका छन् ।

अस्पताल स्रोतका अनुसार संक्रमण नियन्त्रण बाहिर गइसकेको छ। सुनसरीको इटहरी, रामधुनी र इनरुवामा डेंगु संक्रमण फैलिएको छ।

डेंगु संक्रमितको संख्या दैनिक वृद्धि हुन थालेका छन् । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर हस्पिटल र नीजि मेडिकल बिरामी खचाखच भएका छन् ।

अस्पतालमा बेड अभाव हुन थालेको छ । भयावह भएपछि धरान १३ नम्बर वडा कार्यालय र सुनसरी एदोग बाणिज्य संघले छुट्टै डेंगु संक्रमितको निःशुल्क उपचार सेवा सुरु भएको छ ।

सेयर गर्नुहोस्