लिस्बन । धर्मगुरु पोप फ्रान्सिसले युरोपलाई शान्ति निर्माता र पुल निर्माणकर्ताको रूपमा भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
विश्व युवा दिवसकोे उद्घाटन गर्दै पोपले क्याथोलिकहरूको आउँदो पुस्तालाई द्वन्द्व, जलवायु परिवर्तन र विश्वले सामना गरिरहेका विविध समस्याको सामना गर्न मिलेर काम गर्न प्रेरित गर्ने बताए ।
‘म एउटा युरोपको सपना देख्छु, पश्चिमको मुटु हो, जसले द्वन्द्व समाधान गर्न र आशाको दियो बाल्नका लागि आफ्नो विशाल प्रतिभा प्रयोग गरोस’ फ्रान्सिसले भने।
एक युरोपले आफ्नो युवा हृदयलाई पुनः प्राप्ति गर्न सक्षम हुनुपर्ने उनले बताए । सम्पूर्णको महानता र यसको तत्काल आवश्यकता हेरेर समावेशी युरोप बनाउन जोड दिए ।
फ्रान्सिसको पहिलो स्टप बेलेम नेशनल प्यालेसमा थियो, बेलेम, लिस्बनको पश्चिममा रहेको आधिकारिक राष्ट्रपति निवासमा केही समय बिताए । पाँच दिनसम्म चल्ने उक्त कार्यक्रम आइतबार पोप मासको साथ सम्पन्न हुनेछ ।