युरोपबाट स्वदेश फर्किए प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युरोपबाट स्वदेश फर्किएका छन् । कृषकलाई प्रविधि, मल, बजार र पुँजीमा सहज पहुँचक पु¥याउनु पर्नेमा जोड दिएका छन् ।

संयुक्त राष्ट्रसंघको इटालीमा भएको खाद्यसम्मेलनमा सहभागि भएका दाहाल शुक्रबार स्वदेश फर्केका हुन् । विमानस्थलमा कुरा गर्दै दाहालले विश्वयापी रुपमा देखा परेको जलवायु परिवर्तनलाई थेग्ने दिगो र भरपर्दो उत्पादकत्व वृद्धिका लागि नयाँ योजना ल्याइने बताए ।

साना कृषकका लागि प्रविधि र मल, बजार पुँजीमा सहज पहुँचको सुनिश्चितता गर्न आवश्यक रहेको उनले बताए

रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्तामा द्विपक्षीय हित र चासोका बारेमा छलफल गरे । उनीहरूसँग कृषि, जलविद्युत् क्षेत्रमा सहकार्य, क्षेत्रीय सहयोगका विषयमा छलफल भयो ।

सेयर गर्नुहोस्

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई  आग्रह, यूके एक्स्पोर्ट फाइनान्स साढे २ खर्ब लगानी गर्न तयार

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपालका अध्यक्ष गणेश कार्कीले...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *