श्रम स्वीकृतिबिनै वैदेशिक रोजगारीमा

काठमाडौं  श्रमस्वीकृति नलिई वैदेशिक रोजगारीमा जाने क्रम बढेको पाइएको छ । 

वैदेशिक रोजगार विभागबाट दैनिक २ हजारले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने गरेका छन् । विभागको तथ्यांकले मलेसिया र खाडी मुलुक जाने श्रमिकको बाहुल्यता धेरै छ । पछिल्लो समयमा आकर्षक मुलुकहरुमा पनि युवाको पहुँच बढ्दै गएको छ । 

कुल ग्राहस्थ उत्पादनमा वैदेशिक रोजगारीको हिस्सा २५ प्रतिशत आसपास पुग्दा पनि सरकारले श्रमिकको हितका लागि कुनै काम गर्न नसकेको युवाहरु गुनासो गर्छन् । 

विभागको तथ्यांक अनुसार जापान, कोरियालगायत एसियनका आकर्षक मुलुकसँगै युरोपियन मुलुकमा वैदेशिक रोजगारीमा जाने क्रम पनि पछिल्लो समयमा बढ्न थालेको छ । 

युरोपका विभिन्न मुलुकमा गएका युवाहरु पोर्चुगल लगायत देशमा श्रम बजारमा जोडिने गरेको पाइएको छ । अस्थायी बसोबास कार्ड पाइने, परिवार लिन पाइने र पोर्चुगलको पासपोर्ट पनि सजिलै पाइने भएकाले धेरैको रोजाइ पोर्चुगल बन्ने गरेको छ । लाखौं तिरेर युरोपका विभिन्न मुलुकबाट युवाहरु पोर्चुगल जाने गरेका छन् । 

विभागका अनुसार ५६ लाख भन्दा बढी युवाहरु वैदेशिक रोजगारीमा जानका लागि श्रमस्वीकृति लिएका छन् । त्यसमध्ये कति फर्किए भन्ने तथ्यांक सरकारले राख्न सकेको छैन । यद्यपी, केन्द्रीय तथ्यांक कार्यालयका अनुसार २२ लाख युवाहरु श्रमबजारमा छन् । 

श्रमस्वीकृति नलिई विदेश जाँदा कति युवा वैदेशिक रोजगारीमा छन् भन्ने यकिन तथ्यांक नआउने जानकार बताउँछन् । 

स्वदेशमा रोजगारी नपाए पछि युवाहरु विदेशिन वाध्य भएका हुन् । कुनै पनि सरकारले रोजगारी सिर्जना गर्न प्राथामिकता नदिएपछि युवाहरु रोजगारी खोज्दै विदेशिने गरेका हुन् । 

धेरैजसो गन्तव्य मुलुकमा काम गर्दा स्वदेशी, विदेशी सबै श्रमिकले समान ज्याला दिन्छन् । पोर्चुगल लगायतले प्रत्यक्ष वर्किङ भिसामा नलिने तर वैधानिक रुपमा प्रवेश गरेका आप्रवासीलाई काममा लगाउने गरेको छ । यो सुविधाका कारण धेरैजसो युवाहरुको रोजाइ पोर्चुगल बन्न पुगेको त्यहाँ पुगेका युवाहरु अनुभव सुनाउँछन् । 

 

सेयर गर्नुहोस्