खुकुरी प्रहारबाट घाइते महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर

काठमाडौं : नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था स्थिर रहेको छ। उनको आईसीयुमा उपचार भइरहेको ट्रमा सेन्टरले जानकारी दिएको छ।

भृकुटिमण्डपमा बुधबार खुकुरी प्रहारबाट घाइते भएका उनलाई २:२० बजे ट्रमा सेन्टर पुर्‍याइएको थियो।

ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट डा. बद्री रिजालका अनुसार अस्पताा ल्याउँदा यादवको टाउकोको पछिल्लो भाग तथा गर्धनमा धारिलो हतियार प्रयोग भएको र त्यसका कारण गहिरो घाउ भई रक्तश्राव भएको पाइएको थियो।

टाउकोको सीटीस्क्यान गर्दा हाल कुनै पनि आन्तरिक चोट नदेखिएको डा. रिजालले बताए। ‘उनको टाउकोको पछिल्लो भागमा रहेको घाउलाई Neurosurgery/Othopedic Surgery का विज्ञ डाक्टरहरुद्वारा अपरेशन गरी रक्तश्राव रोकिएको र घाउमा टाँका लगाइएको छ। तत्पश्चात Observation का लागि ट्रमा सेन्टरको आईसीयुमा चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सेयर गर्नुहोस्