लिस्बन । ४ लाख १० हजार आप्रवासीहरु कार्डको पखाईमा रहेका छन् । एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन एण्ड एसाइलम (एआईएमए) ले पेन्डिङमा रहेका आप्रवासीको मुद्धा यथाशीर्घ सम्बोधन गर्न जोड दिएको जनाएको छ ।
संवैधानिक मामिला, अधिकार, स्वतन्त्रता र ग्यारेन्टी सम्बन्धी संसदीय समितिमा बोल्दै, अध्यक्ष लुइस गोस पिनहेरोले ती मुद्धाहरु प्रक्रियामा रहेको बताएका छन् । चासोको अभिव्यक्ति र प्रशासनिक प्रक्रियाहरूको अध्यायमा दुर्तगतिमा काम भइरहेको जनाएका छन् ।
पोर्तुगाली अधिकारीहरूले ती मुद्धा छिट्टै समाधान गर्न अधिकतम प्रयास गरिएको बताए । पछिल्लो समयमा नयाँ आप्रवासीलाई पोर्चुगलले बन्द गरेको छ । पूरानो मुद्धा सल्टाएर मात्र नयाँ खोल्ने, नखोल्ने तय हुने उसले जनाउँदै आएको छ ।
प्रक्रियाहरू बन्द हुँदा यो संख्या घट्छ । यहाँ आइपु्गेका आप्रवासीहरूले अर्को देशमा जान छनौट गर्न सक्छन् । कम्युनिटी अफ पोर्चुगिज स्पिकिङ कन्ट्रीज र पारिवारिक पुनर्मिलन मार्फत कतिपय यही रहन सक्छन् ।
पर्यटक भिसामा आउनेहरु अब यहाँ समावेश हुन सक्दैनन् । तर, यसअघि समावेश भइसकेका सबैले कार्ड पाउँछन् ।
मे महिनामा, एआईएमएले यस स्रोतको सम्बन्धमा नियमितीकरण प्रक्रियाका लागि नियुक्तिहरू चाँडै मिलाउन अनुरोध गर्न इमेल पठाएर आवश्यक शुल्क पनि लिइसकेको छ ।
गोस पिनहेरोले एक धेरै महत्त्वपूर्ण संख्या हुन् र समस्याको कुनै पनि प्रकारको समाधान मापन गर्न सम्भव रहेको उल्लेख गयिरएको छ । वर्तमान समस्या समाधान गरेर मात्र नयाँ प्रक्रिया सुरु गर्ने तयारी रहेको उनले बताए ।
नियमितीकरणको लागि अनुरोधहरूमा दुर्तगतिमा वृद्धि भएको थियो, जसले गर्दा विदेशी र सीमा सेवोलाई प्रतिक्रिया दिन असक्षम भएको थियो ।