काठमाडौं । सरकारले टिकटक बन्द गर्ने निर्णय गरेसँगै मुलुकले तीन अर्ब घाटा बेहोरेको छ । टेलिकमका कम्पनीहरुले तीन अर्ब घाटा भएको दावी गरेका हुन । सरकारले सरकारले कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेको थियो । त्यसअघि नेपालमा सबैभन्दा धेरै चल्ने सामाजिक सञ्जाल यो नै थियो।
सामाजिक सद्भाव बिगारेको भन्दै टिकटक बन्द गरिए पनि धेरैले अन्य माध्यमबाट टिकटक प्रयोग गरेको पाइएको छ ।
कार्यक्रममा बोल्दै एनसेलका लिगल तथा रेगुलेटरी अफिसर विशाल उपाध्यायले सरकारले टिकटक बन्द गरेपछि ब्याण्डविथ खपत घट्यो, यसका कारण एनसेलले मात्रै १ अर्ब ४४ करोड रुपैयाँ गुमाएको दावी गर्नुभयो ।
नेपाल टेलिकमले पनि टिकटकबाट आउने डेढ अर्ब रुपैयाँ आम्दानी गुमाएको छ ।
नेपाल टेलिकमका वरिष्ठ इन्जिनियर मधुसुदन दाहालले नेपाल टेलिकमको डेटा प्रयोगकर्ता एनसेलेको भन्दा १० प्रतिशत घटेको रिपोर्ट पेश गर्नुभयो ।
‘अहिले नेपाल टेलिकमको डेटा प्रयोगकर्ता दिनप्रतिदिन घट्दै गइरहेको छ। टिकटक बन्द भएपछि एनसेलको भन्दा एनटीसीको प्रयोगकर्ता १० प्रतिशत कम भएको भएको छ, उनले भने, ‘यो भनेको करिब करिब १ अर्ब ३० करोडको हाराहारीको आम्दानी गुमाएका छौं।’
सरकारले टिकटक बन्द भएपछि डेटा खपतमा व्यापक असर परेका कारण टेलिकम कम्पनीको आम्दानी ५ महिनामै १० प्रतिशत घटेको दाहालको भनाइ थियो । ‘डेटातर्फ ट्राफिक बढिरहेको छ । तर आम्दानी भने घटिरहेको छ
कार्यक्रममा बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीले नेपालमा ‘डिजिटल ग्याप’ रहेको बताए । उनले दूरसञ्चार विकास कोष प्रयोग गरि निर्माणाधीन आयोजनामा ढिलाइ भएकोले त्यसलाई समयमै सक्न प्रयत्न गरिरहेको बताउनुभयो । ।
‘ हामीले मोबाइल प्रविधि फाइभ जीलाई अवसरको रुपमा लिइरहेका छौं। तर राज्यले लगानीको सुरक्षा गरिदिनु पर्ने हुन्छ,’अध्यक्ष भण्डारीले भने । फाइभजी ल्याउनु अगाडि यसको डिजिटल इको सिष्टम बनाउनुपर्नेमा जोड दिए ।
‘आजको दिनमा फाइभ जीको ह्यान्ड सेटको म्याचुरिटी १० प्रतिशत मात्रै देखिन्छ । अहिलेसम्म आइयूटी डिभाइ कति छ रु,‘हामी अटोमेशन, देशको डिजिटल डेटाको अपत कसरी बढाउन चाहन्छौं रु फाइभ जीले लगाउने पैसाले हामी कति रिटर्न लिन चाहन्छौं। यसबारेमा विस्तृत अध्ययन जरूरी छ।’
हाल नेपालमा १६ देखि १७ लाखसम्मको हाराहारीमा फाइभजी मोबाइलका ह्याण्डसेटहरू रहे उनले बताए । भण्डारीकाअनुसार २० प्रतिशत मात्रै फाइभ जीको ह्याण्ड सेट किन्न १५३ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ ।