लिस्बनमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले भित्तेपात्रो तिथि र मिती मात्र नभई सभ्यता र संस्कृति झल्काउने माध्यम भएको बताएका थिए ।
कागज मात्र नभई भित्तेपात्रोको जीवन्त महत्व रहेको वक्ताहरुको भनाइ थियो । पोर्चुगलमा रहेका दोस्रो पुस्तालाई संस्कृति र सभ्यता सिकाउन भित्तेपात्रोले समेत सहयोग पुग्ने वक्ताहरुको भनाइ थियो ।
कार्यक्रममा बोल्दै पोर्चुगलका लागि अवैतानिक वाणिज्य दूत मकरबहादुर हमालले आफू जन्मेको क्षेत्रको पहिचान गर्नुपर्नेमा जोड दिनुभयो । एकता, सद्भाव र भाइचाराको भावबाट हातेमालो गर्दै पोर्चुगलमा देखिएका समस्या समाधान गर्न सबै जुट्नुपर्ने उहाँको भनाइ थियो ।
पोर्चुगलका लागि नवनियुक्त पर्यटनदूत रमेशराज बास्टोलाले गुल्मी जिल्लाको पर्यटन क्षेत्र समेटिएको भित्तेपात्रोले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । पछिल्लो समयमा नेपाल भ्रमणका क्रममा २७ जिल्ला भ्रमण गर्ने क्रममा २२ जिल्लाका सरकारी उच्च तहमा गुल्मीकै कर्मचारीको बाहुल्यता देखिएको उहाँको भनाइ थियो ।
गुल्मी समाज पोर्चुगलका संस्थापक अध्यक्ष युवराज पन्थीले गुल्मी समाजले पोर्चुगलमा रहेका नेपालीलाई सहजीकरण गर्न कसर बाँकी नराख्ने बताउनुभयो ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका सदस्य राजकुमार थापाले भित्तेपात्रोको छुट्टै महत्व र गरिमा रहेको बताउनुभयो । ‘भित्तेपात्रोले तिथिमितिमा मात्र होइन, प्रवासमा नेपालको संस्कृति र पहिचानमा टेवा पुग्छ’ थापाले भन्नुभयो,‘यसले दोस्रो पुस्तालाई जोड्न सहज हुन्छ ।’
नेपाली जनसम्पर्क समितिका उपसभापति राम सापकोटाले जमाना डिजिटलको भए पनि प्रकाशनका माध्यमबाट देशको संस्कृति जोगाउनुपर्ने बताउनुभयो ।
गुल्मी समाजका अध्यक्ष प्रकाश पाण्डेले भित्तेपात्रो भित्तामा झुण्डयाउन मात्र नभई यसको छुट्टै महत्व र गरिमा भएको बताउनुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ पोर्चुगलका वरिष्ठ उपाध्यक्ष दिपा काफ्ले, संघकै महिला संयोजक सरिता शर्मा, उपाध्यक्ष माया खरेल, सामाजिक व्यक्त्वि विष्णु खरेल, नेपाली प्रगतिशील जनमञ्चका प्रदीप अधिकारी, प्रवासी नेपाली मञ्चका अध्यक्ष राजकुमार लामिछाने, नेप्लिज वुन एसोसिएसन पोर्चुगलका संस्थापक अध्यक्ष निर्मला ढकाल,नेपाल पत्रकार महासंघ यूरोप शाखा सचिव कलस कँडेल, सीता ढकाल सुवेदी, टेकबहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन गोविन्द कँडेलले गर्नुभएको थियो भने कार्यक्रमको स्वागत महिला उपाध्यक्ष लक्ष्मी पन्थीले गर्नुभएको थियो ।