विश्वकप सेमिफाइनल पोर्चुगलले आयोजना गर्ने

पोर्चुगल । पोर्चुगलले विश्वकपको सेमिफाइनल आयोजना गर्ने भएको छ । पोर्चुगल फुटबल महासंघ एफपिएफका अध्यक्षका अनुसार लिस्बनको एस्टाडियो दा लुज स्टेडियमले २०३० फुटबल विश्वकपको सेमिफाइनलमध्ये एउटा आयोजना गर्ने जनाएको हो।

अध्यक्ष फर्नान्डो गोम्सले पोर्चुगलले स्पेन र मोरक्कोसँग गरेको उम्मेदवारीलाई अझै पनि ूसकारात्मक मूल्याङ्कन आवश्यक भएको बताए ।
फर्नान्डो गोम्सले लिस्बनको क्याथोलिक विश्वविद्यालयको कानून संकायले आयोजना गरेको ‘२०३० वल्र्ड फुटबल च्याम्पियनसिपस् एनाटॉमी अफ ए क्यान्डिडेसी’ सम्मेलनमा बोल्दै उक्त कुरा बताएका हुन् ।

८० हजारभन्दा बढी दर्शक क्षमताको स्टेडियम आवश्यक भएकाले प्रतियोगिताको फाइनल पोर्चुगलमा खेल्न नसकिने तर सेमिफाइनलमध्ये एउटा आयोजना गर्ने योजना रहेको निर्देशकले दोहोर्‍याए।

ूपोर्चुगलले फाइनलको आयोजना नगर्ने देशसँग मिलेर सेमिफाइनल खेल्नेछू, फर्नान्डो गोम्सले भने, फिफाले कम्तिमा ८० हजार सिटको स्थान आवश्यक रहेको बताए।

प्रतियोगिता आयोजना गर्ने तीन स्टेडियमहरू बेनिफिका, पोर्टो र स्टेडियमध्ये बेनिफिकाले खेलाउने भएको छ ।

सेयर गर्नुहोस्