विदेश जान रोक्न उद्यमशीलतामा जोड

झापा । वैदेशिक रोजगारीलाई रोक्न उद्यमशीलतामा लैजान जोड दिने गरिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभित्रै उद्यमशिलताको विकास गरी विदेशिने युवा जनशत्तिलाई रोक्नुपर्ने बताएका छन्।

झापाको शिवसताक्षी नगरपालिका(४ स्थित बुलुचोकमा झापा इनर्जी लिमिटेडद्वारा प्रवर्द्धित १० मेगावाट क्षमताको ग्रीडमा जडित र्सौय विद्युत्त परियोजनाको उद्घाटन गर्दै ओलीले युवाहरूलाई स्वदेशमा परिचालन गर्ने गरी उद्यमशिलताको विकास गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले देश विकास गर्न कृषिमा विज्ञान र प्रविधिको प्रयोग जरुरी रहेको भन्दै उर्जाको प्रयोग गरेर कृषिमा आधुनिकीकरण गर्न ढिलाई भइसकेको बताए ।

निजी क्षेत्रको सबैभन्दा ठूलोमध्ये एक यस सौर्यऊर्जा परियोजनाबाट उत्पादित १० मेगावाट विद्युत्त माघ ९ गते देखिनै नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ।

सेयर गर्नुहोस्

पोर्तुगल संसदमा आज “फिर्ता कानून” माथि छलफल अवैध रूपमा बसोबास गर्ने विदेशीलाई देशनिकाला गर्न कडा व्यवस्था प्रस्ताव

पोर्तुगल सरकारले अवैध रूपमा बसिरहेका विदेशी नागरिकलाई देशबाट हटाउने प्रक्रिया...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *