लिस्बन । पोर्चुगाली राहदानी चौथौ शक्तिशाली बनेको छ । इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएशनको डाटामा आधारित रेकिङ पासपोर्ट सूचकांक रैंकिंगमा पोर्चुगलको राहदानी चौथो स्थानमा भएको हो । यसले पर्यटक भिसाको आवश्यकता बिना नै विश्वका १९१ देशमा आउजाउ गर्न पाइन्छ ।
विश्वव्यापी गतिशीलताको सन्दर्भमा यस्तो रेकिङ गर्ने गरिन्छ । विश्व राहदानीहरूको मूल्याङ्कनमा सन्दर्भ उपकरण मानिने रैंकिंगमा पहिलो स्थानमा स्पेन, फ्रान्स, जर्मनी र इटाली गरी चार युरोपेली देशहरू छन् ।
यसका साथै एसियाली देशहरू जापान र सिङ्गापुर पनि पहिलो नम्बरमा छन् । यी देशहरूको राहदानीले विश्वभरका २२७ गन्तव्यहरूमध्ये १९४ वटा भ्रमण गर्न सकिन्छ ।
दोस्रो स्थानमा फिनल्यान्ड र दक्षिण कोरिया छन् । यी देशको राहदानीले १९३ देशको भ्रमण गर्न सकिनछ । तेस्रो स्थानमा अस्ट्रिया, डेनमार्क, आयरल्यान्ड र नेदरल्यान्ड्स छन् । यी देशका राहदानीले १९२ देशमा जान पाइन्छ ।
चौथो स्थानमा पोर्चुगिज राहदानीसहित बेल्जियम, लक्जमबर्ग, नर्वे र युनाइटेड किंगडम छन् । यी देशको राहदानीबाट १९१ देशहरु भ्रमण गर्न सकिन्छ ।
त्यस्तै पाचौं स्थानमा ग्रीस, माल्टा र स्विजरल्याण्डको राहदानी छ । यी देशबाट १९० देश भमण गर्न अनुमति दिन्छ ।
छैटौं स्थानमा अष्ट्रेलिया, चेक गणतन्त्र, न्युजिल्यान्ड र पोल्याण्ड देशहरू पर्छन् । यी देशबाट १८९ देशमा भ्रमण गर्न सकिन्छ । क्यानडा, हंगेरी र संयुक्त राज्य अमेरिका सातौं स्थानमा छन् । यी देशको राहदानीले १८८ देशमा भ्रमण गर्न सकिन्छ ।
यात्रीहरूले भिसा बिना पहुँच गर्न सक्ने गन्तव्यहरूको औसत संख्या लगभग दोब्बर भएको छ ।