रुसको सैनिकमा २ सय नेपाली भर्ना, भर्ना नगर्न सरकारको आग्रह

काठमाडौं । रुसको सेनामा दुई सय नेपाली भर्ना भएको पाइएको छ । सरकारले नै दुई सय नेपाली भर्ना भएको भन्दै खोज, अध्ययन, अनुसन्धान भइरहेको जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले भिजिट र अध्ययन भिसामा रुस पुगेका झन्डै दुई सय जना नेपाली त्यहाँको सैनिकमा भर्ना भएको दावी गरे ।

रुसी सेनामा कार्यरत केही नेपालीहरू युक्रेनको कब्जामा रहेको पाइएको छ । युक्रेन सेनामा समेत केही नेपालीहरू कार्यरत रहेको सूचना भएको र त्यसबारे सरकारले अध्ययन गरिरहेको प्रधानमन्त्री दाहालले बताए । उनले नेपाल प्रेस सेन्टरका पदाधिकारीसँग कुराकानी गर्दै त्यसबारे अध्ययन गरिरहेको बताए ।

गत वर्षदेखि रुस र युक्रेन युद्ध भइरहेको छ । यस क्रममा ६ जना नेपालीको मृत्यु भएको छ। उनीहरुको शव पठाउन रुसी सरकारलाई आग्रह गरिरहेको छ । अवैध तरिकाले रुस पठाउने १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

प्रधानमन्त्री दाहालले वर्तमान गठबन्धनलाई तोड्न षडयन्त्र भइरहेको बताए । विभिन्न प्रयासहरू भइरहे पनि गठबन्धन निरन्तर अघि बढ्ने उनले दावी गरे ।

ुअहिले रातदिन गठबन्धन तोड्ने र नयाँ सरकार बनाउने खेल भइरहेका छन्। तर त्यो अहिले सम्भव देखिँदैन,ु उनले भने। पाँच वर्षसम्मै यही गठबन्धन रहने उनको दाबी छ।

सेयर गर्नुहोस्