एनआरएनए अध्यक्षमा श्रेष्ठले उम्मेदवारी दिने घोषणा

ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन नजिकिदैँ गएको छ । अक्टुबरमा हुने ११औँ महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । नेतृत्वका लागि उम्मेदवारी घोषणा हुने कार्यक्रम सुरुस् भएको छ ।

नेतृत्वका लागि महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । दुई वर्षे (सन् २०२३–२०२५०) कार्यकालका लागि श्रेष्ठले नीतिगत योजना सार्वजनिक गरेका हुन्।

सबल, साझा र एकताबद्ध एनआरएनए बनाउने उनले जनाएका छन्।
विश्वभर छरिएर रहेका प्रवासी नेपालीलाई एकताको सूत्रमा बाँध्ने , भरोसायोग्य, विश्वसनीय र सङ्गठित एनआरएनए बनाउने उनले जनाएका छन् ।

‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ नारासहित प्रतिबद्धता सार्वजनिक गर्दै श्रेष्ठले नेपालमा वैदेशिक लगानी भित्र्याउन ठोस नीतिगत पहल गर्ने जनाएका छन् । १० अर्बको सामूहिक लगानी कोषलाई तत्कालै कार्यान्वयनमा लैजाने उनको योजना छ ।

विदेशमा आर्जन गरेको ज्ञान, सीप, प्रविधि र पुँजीलाई स्वदेशको विकास र समृद्धिका लागि उपयोग गर्ने उनले जनाएका छन् । सरकारसँग सहकार्य गरी श्रम तथा सीप बैंक स्थापना गर्ने उनले बताएका छन् ।

उनको टिममा केन्द्रीय उपाध्यक्षद्वय नरेन्द्र भाट राज रेग्मी, प्रवक्ता सोम सापकोटा, सचिवद्वय प्रवीण गुरुङ र गङ्गाधर गौतम, युरोप क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, पूर्वसल्लाहकार हरिबोल भण्डारी, एनआरएनए अमेरिकाका पूर्वअध्यक्ष बुद्धी सुवेदी छन् । उनीहरुले पनि आफ्नो भूमिका निर्वाह गरेका थिए । एनआरएनएको ११औँ महाधिवेशन असोज ३० गतेदेखि कात्तिक ३ सम्म काठमाडौँमा हुने छ ।

सेयर गर्नुहोस्