आधा भन्दा बढी विदेशी लिस्बनमा

लिस्बन । पोर्चुगलमा रहेका विदेशीमध्ये आधा भन्दा बढी लिस्बनमै बस्ने गरेको पायएको छ ।

एक अध्ययन अनुसार द्दण्द्दद्द मा पोर्चुगलमा बसोबास गर्ने ७ लाख ८१ हजार विदेशीमध्ये, आधा भन्दा बढी ३ लाख ८३ हजार लिस्बन मेट्रोपोलिटन एरियामा बस्ने गरेको छन् । यस क्षेत्रको लिस्बन, सिन्ट्रा, कास्केस, अमाडोरा र लोरेसका नगरपालिकाहरूमा धेरै विदेशीहरु बस्ने गरेका हुन् ।

पोर्डाटाको तथ्यांक अनुसार लिस्बनमा मात्रै १ लाख १८ हजार भन्दा बढी विदेशीरु ब्स्छन् । सिन्ट्रामा ४७ हजार भन्दा बढी, कास्केसमा ३६ हजार भन्दा बढी, अमाडोरामा २७ भन्दा बढी र लोरेसमा २४ हजार भन्दा बढी विदेशीहरू बसोबास गर्ने गरेको पाइयो ।

पछिल्लो समयमा पोर्टो महानगर क्षेत्रमा पनि विदेशीको जनघनत्व बाक्लिदैँ छ । त्यहाँ पनि ७० हजार भन्दा बढी विदेशीहरु बसोबास गर्ने गरेको तथ्यांकले देखाएको छ ।
अलगार्वेमा १ लाख १० हजार विदेशी बस्छन् ।

जसमा सबैभन्दा धेरै अल्बुफेरामा ११ हजार बसोबास गर्छन् ।

अन्य देशहरूबाट अएका मध्ये सबैभन्दा कम बासिन्दा भएको पोर्चुगलको क्षेत्र अल्टो तामेगा हो । यस क्षेत्रमा १ हजार चार ७९ जना बस्छन् । बोटिकास, चाभ्स, मोन्टालेग्रे, रिबेरा डे पेना, भल्पाकोस, विला पौका डे अगुआरमा कम विदेशी बस्ने गरेका हुन् ।

सेयर गर्नुहोस्