पोर्चुगल आउन सेटिङ नमिल्दा फन्दामा

पोर्चुगल । १७ जना युवाहरु पोर्चुगल आउनसेटिङ नमिल्दा फन्दामा परेका छन् ।  विमानस्थलबाटै पोर्चुगल पुग्ने दलालको आश्वासन पाए पनि त्यसो हुन नसकेको पीडितहरुले गुनासो गरे ।

पीडितहरुले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरु ठगिएको जनाएका हुन् । कन्चनपुर बेलौरी नगरपालिका–४ का दिपेश शाहीले पोर्चुगल लैजाने भन्दै लाखौं ठगेर अलपत्र पारेको उनीहरुको आरोप छ ।

शाही अहिले सम्पर्कविहिन बनेका छन् । ठगिनेमा पनि कन्चनपुरकै छन् ।  शाहीले गत चैत्र २८ गते पोर्चुगल लैजानै भन्दै १७ जनालाई नेपालको एयरपोर्ट हुँदै मस्को पु¥याएको पीडित राम रोकायले बताए ।

शाही मस्कोबाट भारतीय एजेन्ट प्रवाशलाई भेटाएर बोस्निया लागेका थिए । मस्कोबाट प्लेनमै लैजाने भनिए पनि ट्याक्सीमा बेलारुस पु¥याइएको पीडितहरु बताउँछन् ।

बेलारुसमा करिब १० दिन राखेर पाकिस्तानी एजेण्टसँग पठाइएको थियो । त्यहाँबाटै समुद्र हुँदै लाट्भिया पु¥याएको र त्यहाँको प्रहरीले बेलारुसमै फिर्ता पठाएको पीडितहरुले बताए ।

झण्डै तीन हप्ता बेलारुसको होटलमै बसेर पोल्याण्ड छिर्ने योजना बनाए पनि सफल नभएको पीडितहरुले बताए । बेलारुस फर्किदा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर १५ दिन जेलमा राखेर नेपाल फर्काएको थियो ।

पोर्चुगल पठाउँछौं भनेर विभिन्न देशमा पु¥याएर विचल्ली बनाउने शाहीलाई कानुनी कारबाहीसहिते पैसा फिर्ता हुनुपर्ने माग गर्दै आएका छन् ।
पोर्चुगल पु¥याएर भने अनुसारको काममा लगाउन नसके लागेको पूरै पैसा फिर्ता गरिदिने शर्तमा शाहीलाई पैसा बुझाएको पीडितहरुले जीकिर गरेका छन् ।

सेयर गर्नुहोस्