आप्रवासीबाट मनग्य लाभ लिदैँ पोर्चुगल

लिस्बन । युरोपको दक्षिणतर्फ रहेको पोर्चुगललाई आप्रवासी फापेको छ । आप्रवासी भित्र्याउने सहज नीति लिएर पोर्चुगलले आर्थिक विकासका लागि अवसर खोलेको हो ।

पोर्चुगलको जनसंख्या एक करोड केही बढी मात्र छ । त्यसमध्ये १० प्रतिशत विदेशी छन् । सन् २०२२ को तथ्यांक अनुसार ७ लाख ८१ हजार ९ सय १५ जना विदेशी थिए ।

नेपालभन्दा पोर्चुगल सानो हो । यहाँ ९२ हजार २ सय १२ वर्गकिलोमिटर मात्र छ । तर, यहाँको आर्थिक संमृद्धि विस्तार आक्रमक छ । आप्रवासी नीतिमा सहजीकरण गरेका कारण ने पोर्चुगल चम्किन सफल भएको हो ।

आप्रवासीहरुको बढ्दो संख्याले पोर्चुगलले आर्थिक, सामाजिक क्षेत्रमा फड्को मारेको छ । विगत सात वर्षदेखि विदेशी यहाँको नागरिक बन्ने क्रम निरन्तर बढ्दै गएको छ ।

खुकुलो आप्रवासी नीतिले यहाँको अर्थव्यवस्था र श्रमबजारमा टेवा पुगेको छ । प्रायजसो दक्ष आप्रवासी आउने भएकाले श्रमिकको अभाव पुर्ती हुँदै आएको छ । आप्रवासीको चाप बढ्दै गएकाले रोजगारदाताले छनोट गर्ने अवसर पनि पाएका छन् ।

ज्ञान, सीप र क्षमता, दक्षता भएका कोही आप्रवासी यहाँ बेरोजगार बस्नुपर्ने अवस्था छैन । श्रमिकको सहज उपलब्धताले उत्पादकत्व बढाएको छ । प्रतिस्पर्धा पनि जन्मिएको छ ।

समग्रममा आप्रवासी नीतिले पोर्चुगलको आर्थिक वृद्धि र विकासमा मद्धत पुगेको छ । यहाँका व्यवसायीहरु आप्रवासी नीतिका कारण लाभान्वित भएका छन् ।

पोर्चुगलले आप्रवासीबाट ३३ प्रतिशत राजस्व उठाउँछ । उपभोक्ता खर्चबाट पनि कर संकलन गर्छ । आयकर, सामाजिक सुरक्षा योगदान र अन्य अप्रत्यक्ष कर मार्फत पोर्चुगललाई आप्रवासीले योगदान पु¥याइरहेका छन् ।

यसबाट देशले सार्वजनिक सेवा र पूर्वाधारमा लगानी गर्न सजिलो भएको छ । यसबाट सरकारको क्षमता बढेको छ । यहाँ बस्ने सबैको जीवनस्तर बढाउन मद्धत पुगेको छ । विदेशी यहाँ आउँदा उपभोक्ता खर्च बढ्छ । खुर्दा, पर्यटन, व्यापार, आतिथ्यमा खर्च हुँदा अर्थतन्त्रमा राम्रो प्रभाव परको छ ।

विदेशीले विस्तार घरजग्गा क्षेत्रमा पनि लगानी गर्न थालेका छन् । खासगरी यहाँको नागरिकता लिइसकेकाहरु घरजग्गासँग जोडिन्छन् । घर, अपार्टमेन्ट भाडामा लिने अथवा सम्पत्ति आफ्नै नाममा गराउने क्रम पनि बढ्दै गएको छ । यसले अर्थतन्त्र चलायमान हुन सघाउ पुगेको छ ।

नेपाली, चाइनिज, इन्डियन, बंगालीहरुले यहाँ व्यवसाय विस्तारमा जोड दिइरहेका छन् । यहाँको लगानीमैत्री नीतिका कारण पनि विदेशीहरु यहाँ उद्यम, व्यवसाय गर्न आकर्षित हुन्छन् ।

यसबाट रोजगारी सिर्जना हुनुका साथै नवप्रर्वतन हुने, अर्थतन्त्र चलायमान हुने समग्रमा देशले दीर्घकालीन फाइदा लिने भएकाले पोर्चुगल आप्रवासन नीति खुकुलो बनाएको हो ।

प्र्रत्यक्ष श्रमिक लिने नीति पोर्चुगलको नभए पनि यहाँ कुनै माध्यमबाट आइपुगेका आप्रवासीलाई सहज कागजी व्यवस्था गरिदिएको छ ।

सेयर गर्नुहोस्

स्वीस को Valais को आगोले सम्झायो युरोपका पुराना घाउहरू

युरोप सुरक्षित र व्यवस्थित क्षेत्र मानिए पनि ठूला आगलागीका त्रासदीहरू ले पटक–पटक यो धारणा चुनौती दिएको छ। हालैस्विट्जरल्याण्डको Valaisक्यान्टनमा नयाँ वर्षको उत्सवकै क्रममा भएको बार आगलागीले दर्जनौँको ज्यान लिएको अनुमानछ। खुसी र आशाको समयमै घटेको यो दुर्घटनाले युरोपमा विगतमा भएका यस्तै दर्दनाक घटनाहरूलाई फेरि स्मरण गराएकोछ। यो घटना एक स्की रिसोर्ट नजिकको मनोरञ्जन स्थलमा भएको थियो, जहाँ भीड धेरै थियो, बन्द संरचना थियो र आकस्मिकविस्फोटपछि आगो तीव्र रूपमा फैलियो। यस्तै स्वरूपको त्रासदी सन् २०१५ मा रोमानियाको बुखारेस्टस्थित Colectiv nightclub मा भएको थियो। त्यहाँ कन्सर्टका क्रममा प्रयोग गरिएको आतिशबाजीबाट आगो लागेको थियो, ज्वलनशीलभित्री सजावट र अपर्याप्त आपतकालीन निस्कास मार्गका कारण धेरै युवाको ज्यान गएको थियो। दुबै घटनामा साझा कुराभनेको—भीड, सीमित निकास, र सुरक्षा मापदण्डको कमजोरी—हो। अर्को उदाहरण सन् २०१७ को बेलायतको Grenfell Tower आगलागी हो। त्यो आवासीय भवन भए पनि कारणहरूमिल्दोजुल्दो देखिन्छन्—सुरक्षा चेतावनीको बेवास्ता, जोखिमपूर्ण सामग्रीको प्रयोग, र आपतकालीन तयारीको अभाव। यद्यपिग्रेनफेल सामाजिक आवासको समस्या र नियामक असफलतासँग जोडिएको थियो भने भालेको घटना मनोरञ्जन स्थल रउत्सवको भीडसँग सम्बन्धित छ। यी सबै घटनाले एउटा गम्भीर प्रश्न उठाउँछन्: नियम कागजमा मात्र कि व्यवहारमा पनि? युरोपमा कडा सुरक्षा कानुन भए पनिकार्यान्वयन, नियमित निरीक्षण, र आयोजक–सञ्चालकको जिम्मेवारी कमजोर हुँदा सानो त्रुटि पनि ठूलो मानवीय क्षतिमाबदलिन सक्छ। विशेषगरी नयाँ वर्ष, कन्सर्ट, वा पर्यटकीय सिजनमा—जहाँ मानिसको भीड अत्यधिक हुन्छ—अतिरिक्तसतर्कता अपरिहार्य हुन्छ। अन्ततः, भालेको हालको त्रासदीले युरोपलाई फेरि चेतावनी दिएको छ कि सुरक्षा कुनै औपचारिकता होइन, जीवनरक्षकआवश्यकता हो। विगतका पीडादायी अनुभवबाट पाठ सिकेर मात्र भविष्यका यस्ता दुर्घटनाहरू रोक्न सकिन्छ—नत्र इतिहासदोहोरिन धेरै समय लाग्दैन।

Read More