रातो पासपोर्ट पाएपछि को कथा

एउटा सुशी सेफको युरोप सपना र उनले भोगेको युरोप
पोखराको ब्यस्त ठाउँमा एउटा नयाँ कन्सेप्टको क्याफे चलाइ रहेका एक ३४ बर्षिय पोखरेली युवा लाई त्यो ब्यबसाय पनि सोचे जस्तो नभएपछि अचानक युरोप जाने भुत सवार हुन्छ ।
अनि ऊनी अनेक चक्कर काटेर ठुलो रकम खर्चेर पोर्तुगल छिर्दछन् ।
सुरुमा केही समय खेतिमा काम गरेका ऊनी एउटा सुशी रेस्टुरेन्टमा भाडा धुने काम बाट प्रबेश गर्न सफल हुन्छन् । सुरुवाती तलब मासिक ७५० युरो बाट काम थालेका ऊनी हेल्पर हुँदै अन्तमा सुशी सेफ बन्न सफल हुन्छन् भने ५ बर्षको अन्तरालमा ऊनको तलब ७५० बाट बढेर मासिक चौध सय युरो पुगेको थियो ।
उनको एउटै सपना थियो युरोपियन नागरिकता पाउने अनि धेरै कमाइ हुने देशमा गएर धेरै घण्टा काम गरेर छोटो समयमा मनग्गे पैसा कमाउने । २०२२ को सेप्टेम्बरमा उनले पोर्तुगिस नागरिकता पाउन सफल भय अनि तुरुन्तै उनी बेल्जियम तर्फ हानिय धेरै कमाइ गर्ने सपना बोकेर ।
बेल्जियम पुगेको भोलिपल्टै उनले सुशी रेस्टुरेन्टमा काम सुरु गरे । त्यहाँ कमाइ पोर्तुगलको तुलनामा राम्रै थियो तर पनि उनलाई त्यो कमाइ पनि अलिक कम लाग्न थाल्यो अनि ऊनले अर्को पार्टटाइम काम खोजे क्लिनिङ्गमा ।
रेस्टुरेन्टमा दिनको ८ घण्टा अनि क्लिनिङ्गमा ४ घण्टा गरेर ऊनले दैनिक १२ घण्टा काम गर्न सुरु गरे । त्यती काम गर्दा ट्याक्स कटाएर ऊनले करिब चौतिस सय युरो कमाइ गर्दथे ।
घर भाडा, खाना, ट्रान्सपोर्ट, मोबाइल र अन्य सबै खर्च कटाएर ऊनले मासिक चौबिस सय युरो बचत गरिरहेका थिए । त्यतिमा पनि ऊनी सन्तुष्ट हुन सकेनन् र अझै धेरै कमाउने आशामा ऊनी हानिय अर्को आकर्षक गन्तब्य स्विजरल्याण्ड तर्फ ।
उनले zurich को एउटा सुशी रेस्टुरेन्टमा २२ दिन ८ घण्टा काम गरेर पैतालिस सय देखि अठचालिस सय स्विस फ्र्याङ्क कमाइ हुने काम पनि भेटे । त्यही पैसा बाट ट्याक्स तिर्नुपर्ने, हरेक महिना तीन सय फ्र्याङ्क इन्सुरेन्स तिर्नु पर्ने, रुम को भाडा, खाना खर्च, यातायात खर्च र अन्य खर्च गर्दा मासिक पच्चिस सय स्विस फ्र्याङ्क जोगिने भयो ऊनलाई त्यसमा पनि चित्त बुझेको थिएन तर पनि ऊनी आँफै सँग सम्झौता गर्दै थिय तर कुरा बुझ्दा त्यहाँ पनि परिस्थिती सहज देखियन ।
पार्टटाइम काम पाउनै गार्हो । अङ्ग्रेजी खासै नचल्ने र त्यहिको भाषा सिक्नै पर्ने बाध्यता एकातर्फ थियो भने पछि श्रीमतिको लागि काम पाउन झनै झन्झट रहेछ । ती सबै परिस्थिती बिचार गरेर ऊनी बेल्जियम नै फर्कने निर्णय गरे अनि बेल्जियम फर्किएर पुरानै कामलाई निरन्तरता दिन थाले ।
ऊनी सुरु देखि नै बेल्जियम को काम र कमाइमा सन्तुष्ट हुन सकेका थिएनन् र त्यसको बिकल्प खोजिरहेका थिए । ऊनी सँगै काम गरिरहेका धेरै साथीभाइहरु पोर्तुगिस नागरिकता लिएर डेनमार्क गएर काम गर्न सुरु गरिसकेका थिए ।
डेनमार्कमा कमाइ पनि राम्रै हुने र गर्न सके जती घण्टा काम गर्न पाइने भनेर साथीहरु बाट सुने पछि ऊनको मन फेरि डेनमार्क तर्फ मोडिन थाल्यो र अन्तत ऊनी डेनमार्क जाने निर्णय गरेर त्यतै तर्फ लागे ।
डेनमार्क आउने बित्तिकै काम पाइएला, धेरै घण्टा हानिएला अनि धेरै क्रोनर बटुलिएला भन्ने उनको सोच माथि तुसारापात हुन पनि खासै धेरै समय लागेन । ऊनले डेनमार्क उत्रने बित्तिकै युरोपास सिभी बनाएर यहाँका धेरै सुशी रेस्टुरेन्टमा कामको लागि एप्लाई गरे तर धेरैले अहिले काम नभएको रिप्लाई दिए । पछि उनले अन्त अरु कामको लागि पनि एप्लाई गर्न थाले तर पनि कुनै सकारात्मक सङ्केत भेटिएन ।
यहाँ सिपिआर बनाउन होस् चाहे सिरिमा दर्ता गर्न होस् चाहे बैङ्क एकाउन्ट खोल्नका लागि होस् कामको कन्ट्र्याक अनिबार्य रहेछ र त्यसका लागि झन्झटिलो र लम्बातान प्रकृया हुँदो रहेछ । त्यसका लागि अब ऊनी जस्तो सुकै काम गर्नु पर्ने बाध्यतामा अाइपुगेका छन ऊनी ।
पहिलो कुरा पोर्तुगलको चौध सय युरो कमाइ भनेको त्यहाँको सवालमा अत्यन्त आकर्षक र उच्च कमाइ हो । ऊनको अनुभब र लगन देखेर साहुले ऊनलाई धेरै मन पराएको थियो रेस्टुरेन्ट छोडेर नजान धेरै अनुरोध गरेको थियो । काम, दाम र सम्मान सबै थोक मिलेको थियो ऊनलाई पोर्तुगलमा र पनि उनलाई धेरै पैसा कमाउने रहरले अन्यत्रै डोहोर्यायो ।
बेल्जियममा पनि राम्रै थियो ऊनी त्यहाँ लगभग सेटल भईसकेका थिए र पनि ऊनलाई अझै कमाउने लालचले कहिले स्विजरल्याण्ड त कहिले डेनमार्क पुर्यायो । पोर्तुगल देखि डेनमार्क सम्मको यात्रामा ऊनले धेरै उतार चढाब अनि आरोह अबरोह पार गरिसकेका छन । युरोप भन्नु एस्तै रहेछ भन्ने उनलाई मनमा गहिरो सँग परिसकेको छ । आज सम्म जे जे भयो, जता जता डुलियो त्यसलाई एउटा सबक मानेर अब आउँदा दिनमा संसारकै खुशी मान्छे बस्ने देश डेनमार्कमा सुखी र खुशी हुँदै जहिले सम्म युरोप बसिन्छ सपरिवार डेनमार्कमै बस्ने अन्तिम निष्कर्षमा पुगेका छन ऊनी ।
नेपालीमा एउटा उखान छ, “ बर्मा गए कर्म सँगै, नेपाल गए कपाल सँगै ” जहाँ गए पनि हुने केही होइन, काम गर्नै पर्दछ, घोटिनै पर्दछ । देश अनुसार दुई चार सय युरो कमाइ तल माथि पर्ला तर राज्यले दिने सेवा सुबिधा पनि फरक पर्दछ । होइन भने युरोपमा शक्तिशाली र कमाइ धेरै हुने भनेर गनिएका देशमा त्यती धेरै भिन्नता छैन चाहे त्यो कमाइमा होस् या जीबनको गुणस्तरमा होस् । जहाँ बसिन्छ खुशी हुन सिक्नु पर्दो रहेछ अरुले के भन्छन् के गर्छन् कती कमाउँदछन भन्ने मात्र सोचेर सधैं डौदियो भने जीबन झन दु:खमा फस्ने निश्चित छ चाहे पासपोर्टको रङ्ग रातो होस् या हरियो ।

सेयर गर्नुहोस्

नेपालमा मा पोर्तुगलको दूतावास स्थापनाको अभियानलाई झापाली समाज पोर्तुगलको संस्थागत समर्थन, समर्थन गर्ने पहिलो संस्था बन्यो

पोर्तुगलमा बसोबास गर्दै आएका नेपाली समुदायले नेपालमा पोर्तुगलको कूटनीतिक नियोग...

Read More

नेपाली राजदुतावास पोर्तुगल द्वारा आयोजना गरियको ७३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस राजधानी लिजवन मा भव्य रूपमा सम्पन्न

नेपाली राजदूतावास, पोर्तुगलको आयोजनामा सगरमाथा (माउन्ट एभरेस्ट) को ऐतिहासिक प्रथम...

Read More

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *