भिजिट भिसामा ओमान पुर्याई बेचबिखन गर्ने पक्राउ

काठमाडौं । ओमानमा राम्रो आम्दानी हुने वैदेशिक रोजगारीमा पठाईदिने भनि प्रलोभन देखाई काठमाण्डौबाट भिजिट भिसामा ओमान पुर्याई बेचबिखन गर्ने पक्राउ परेका छन् ।

पीडितको जाहेरीको आधारमा व्यूरोबाट खटिएको प्रहरी टोलीले जिल्ला काठमाण्डौ टोखा नगरपालिका वडा नं। ०९ शिबचोकबाट पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिनको म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

प्रतिवादीले जाहेरवालालाई फ्रि भिसा र फ्रि टिकटमा ओमान देशमा मासिक ४० हजार पारिश्रमिक हुने वैदेशिक रोजगारीमा पठाईदिने प्रलोभन देखाएको, जाहेरवालालाई ओमान पठाईदिने भनि काठमाडौंबाट बसको यात्रा गराई भारत पुर्याई भारतको मुम्बईबाट भिजिट भिसामा ओमान पुर्याएको, ओमानको एअरपोर्टमा पुर्याएपश्चात राहदानी लगायतका कागजातहरु नियन्त्रणमा लिई ओमानी मुलको एजेन्टलाई जिम्मा लगाएको आरोप छ ।

ओमानी मुलको एजेन्टले जाहेरवालालाई ओमानी नागरीकको घरमा पुर्याई बेचबिखन गरी कमिसन बापतको रकम लिएको, ओमानी नागरीकले जाहेरवालाको स्वास्थ अवस्था नाजुक हुदाँ समेत काममा लगाई चरम श्रम शोषण गरेको खुल्न आएको, जाहेरवालाले आफू ओमान काम नगर्ने नेपाल फिर्ता गरिदिन भनि हालका प्रतिवादीलाई आग्रह गर्दा ९० हजार रकम माग गरेको आरोप छ ।

सेयर गर्नुहोस्

आफ्नो विचार राख्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *