लिस्बन । पोर्चुगलमा आप्रवासीको ओइरो लागेको छ । पोर्चुगलले सबैलाई स्वागत गर्ने नीति लिएसँगै आप्रवासीको ओइरो लाग्दै गएको हो । तर, रोजगारी पाउन निकै कठिन हुँदै गएको छ ।
यहाँको एक तथ्यांक अनुसार दैनिक दुई हजार भन्दा बढी आप्रवासी भित्रिन्छन् । यहाँ पछिल्लो तथ्यांक अनुसार १० लाख भन्दा बढी विदेशीले काम गर्छन् । सन् २०१८ अघि ५ लाख विदेशी यहाँ कार्यरत थिए ।
पोर्चुगलले २००७ देखि आय घोषणा गर्ने विदेशीलाई सजिलै काजागत दिन सुरु गरेको थियो । २०१८ देखि अवैधरुपमा आएकालाई पनि कागजात दिने नीति लिएसँगै आप्रवासीको अझ दुर्तगतिमा ओइरो लागेको हो । २०२२ यता त काम खोज्नका लागि ६ महिनाको भिसा समेत पाउने सहज नीति ल्याएको छ ।
जुनसुकै माध्यमबाट यहाँ आउने जोकोहीले सजिलै काम गर्न पाउँछन् । यहाँको नियमानुसार काम गर्न इच्छुक सबैले फानान्स, सोसल सेगुरान्समा दर्ता हुनैपर्छ । तीन वर्षभित्र विदेशीले रेडिजेन्सी कार्ड पाउँछन् । त्यस अवधिमा कम्तीमा १२ महिनाको ट्याक्स जानुपर्छ ।
पोर्चुगल ‘धेरैको सपना’को देश हो । यहाँको कानुन अनुसार काम गर्ने र कर तिर्ने सबै विदेशीलाई पोर्चुगलले सजिलै कागजात दिन्छ । यसैको लोभमा पछिल्लो पाँच वर्षयता विदेशीहरु ह्वाट्टै बढेका हुन् । एसियन मात्र होइन, यूरोपका अन्य मुलुकबाट पनि यहाँ आउँछन् ।
सबैभन्दा धेरै ब्राजिलियन यहाँ काम गर्छन् । उनीहरुको भाषा पनि मिल्ने भएकाले धेरै जसो रोजगारदाताहरुले ब्राजिलिय रोज्छन् । अंगोला, भारतीय, पाकिस्तानी, बंगलादेशी, नेपालीहरु यहाँ काम गर्छन् ।
विभिन्न सेन्जेन देशको भिसा लगाएर यहाँ आउने चलन बढ्दो छ । गैर सेन्जेनबाट अवैधरुपमा आउनेहरु पनि कम छैनन् ।
आप्रवासीको तुलनामा यहाँ रोजगारी पाउन कठिन छ । पोर्चुगलमा उद्योग, कलकारखाना खुल्ने दर न्यून छ । रेष्टुरेन्ट लगायत सेवा क्षेत्र र कृषिमा केही रोजगारी सिर्जना भए पनि पर्याप्त मात्रामा नहुँदा महिनौंसम्म बेरोजगार बस्नुपर्ने वाध्यता छ । सीमित रोजगारीका अवसरका कारण यो मुलुकले सबै आप्रवासीलाई रोजगारी दिन नसकेको हो ।
सेवामुलक क्षेत्र र कृषि क्षेत्रमा धेरै आप्रवासीहरु छन् । धेरै आप्रवासी भित्रिएि सँगै रोजगारदातालाई फाइदा पुगेको छ । उनीहरुले छानीछानि कामदार राख्न पाएका छन् । चित्त बुझेन भने तुरुन्त हटाएर फेरि सस्तो श्रमिक लिने गरेका छन् । कतिपयले त यहाँको न्यूनतम आधारभूत तलबसमेत नदिएको पाइन्छ ।
यहाँ रोजगारी सिर्जना न्यून मात्रामा भइरहे पनि अदल बदल भने व्यापक हुने गरेको छ । एउटाले छोड्दा काम गर्न चाहने सयौं जना हुन्छन् ।
यहाँ कोही कसै ढुक्क भएर काममा टिक्न सक्ने वातावरण छैन । आकर्षक सेवासुविधा नभएको, साहुहरुको व्यवहार राम्रो नभएको भन्दै श्रमिक पनि लामो समय काम गर्न रुचाउँदैनन् । रोजगारदाताले पनि नयाँ मान्छेलाई न्यूनतम सेवा सुविधा नदिएर सस्तोमा काम गराएर लाभ लिन खोज्ने प्रवृति पनि बढ्दै गएको पाइन्छ ।
बेरोजगारको भयावह स्थितिका कारण रोजगारदाताले श्रमिकको शोषण गर्न पाएका छन् । एउटा कामदार निस्के सस्तोमा अझ राम्रो कामदार ल्याउन पाइन्छ भन्ने रोजगारदाताले सोच्ने गर्छन् । त्यसै अनुसार व्यवहार गर्छन् ।
यहाँ पोर्चुगिस सँगै अन्य देशका लगानीकर्ताहरु पनि हारहारीमा छन् । यहाँ लगानी गर्न आउनेलाई सरकारले गोल्डन भिसासमेत दिने गरेको छ । जसले गर्दा कसको कम्पनी, रेष्टुरेन्ट भन्ने गरिन्छ ।
कुनमा काम गर्दा कस्ता सेवासुविधा पाइन्छ भन्ने श्रमिकले पनि छनोट गर्न पाउँछन् । अरु लगानीकर्ताको तुलनामा पोर्चुगिस कम्पनीले यहाँको श्रम अनुसार सेवासुविधा दिने, उसको परिणाम र प्रदर्शनीका आधारमा पारिश्रमिक तथा सेवासुविधा उपलब्ध गराउँछन् । अन्य देशका लगानीकर्ताले खोलेको सबै कम्पनीहरुले यहाँको श्रम कानुन अनुसार सेवासुविधा नदिएको जानकारहरु बताउँछन् ।